इन्फो नेपाल — सञ्चारको सञ्जाल

मतपेटिकामा आगजनी

धनगढी, बाजुरामा मतपेटिकामा आगजनी भएको छ। स्वामिकार्तिक खापर गाउँपालिकास्थित भगवती आधारभूत विद्यालयको 'क' केन्द्रमा रहेको एक मतपेटिकामा आगजनी भएको हो।  आज भइरहेको प्रदेश सभा समानुपातिक तर्फको मतदानका क्रममा केहीबेर अगाडि मतपेटिकामा आगलागी भएपछि केहीबेर मतदान रोकिएको थियो।  कसरी आगो लागेको भनेर नखुलेको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अघिकारीले बताए। आगो लागेपछि पानी हालेर निभाइएको उनले बताए।  ‘मतपेटिकामा सामान्य क्षति भएको छ, मतपत्रमा भने क्षति भएको छैन, सामान्य भिजेको छ, निर्वाचन अधिकृतले के गर्ने भनेर निर्णय गर्नुहुन्छ,’ उनले भने।  निर्वाचन अधिकृतले मुचुल्का बनाएर पुनः मतदान अघि बढाउने उनले बताए। कुल ८४० मतदाता रहेको उक्त मतदान केन्द्रमा ५२८ मत खसेको जानकारी प्राप्त भएको छ।

सम्बन्धित समाचार

बझाङमा अटोरिक्सा दुर्घटना : एकै परिवारका ४ जनाले ज्यान गुमाए

बझाङ। बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा आज (सोमबार) बिहान भएको अटोरिक्सा दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जा…

इन्फो डेस्क

बडीमालिकामा हिमपातमा फसेका एक पर्यटकको हेलिकप्टरमार्फत उद्धार, अर्का युवा अझै सम्पर्कविहीन

बाजुरा । बाजुराको बडीमालिका क्षेत्रमा भारी हिमपातपछि अलपत्र परेका दुईमध्ये एक पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। ​अत्यधिक हिउँ परेपछि ४ हजार २ मिटर उचाइमा रहेक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

बडीमालिकामा भारी हिमपात,दुई पर्यटक सम्पर्कविहीन

बजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पुगेका कञ्चनपुरका दुई पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्। बडीमालिका भगवतीको दर्शन र भ्रमणका लागि पुगेका कञ…

इन्फो डेस्क