इन्फो नेपाल — सञ्चारको सञ्जाल

मनोरञ्‍जन करबापत् ५ वटा क्यासिनोबाट महानगरले उठायो ६६ लाख

काठमाडौँ — काठमाडौंका ५ वटा क्यासिनोले महानगरपालिकालाई मनोरञ्जन कर बुझाएका छन् । तिनले मनोरञ्जन करबापत ६६ लाख ९८ हजार ९ सय २० रुपैयाँ बुझाएको काठमाडौं महानगरपालिकाले जनाएको छ । यस्तै, काठमाडौं फन पार्कले १७ लाख ३६ हजार ११ रुपैयाँ मनोरञ्जन कर बुझाएको छ । फन पार्क र क्यासिनोले मनोरञ्जन कर बापत् ८४ लाख ३४ हजार ९ सय ३९ रुपैयाँ बुझाएको महानगरपालिकाले जनाएको छ । यस्तै, म्यारिटको डेल्टीन क्यासिनोले २१ लाख ४२ हजार, होटल अन्नपूर्णको क्यासिनो प्यालेसले ११ लाख ८५ हजार, हायाताको प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रीएसनले ९ लाख ८९ हजार, सोल्टीको माजोङ इन्टरटेनमेन्टले ९ लाख ९३ हजार र मल्ल होटलको बेलीन क्यासिनोले १३ लाख ८८ हजार रुपैयाँ मनोरञ्जन कर बुझाएको महानगरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । महानगरपालिकाले ती क्यासिनोलाई भदौ १९ गते मनोरञ्जन कर बुझाउन भन्दै पत्राचार गरेर एक हप्ताको अल्टिमेटम दिएको थियो । र्‍याडिसन होटलको क्यासिनो र्‍याट र याक एन्ड यतीको रोयल क्यासिनो हाल सञ्चालनमा नरहेकाले कर नबुझाएको महानगरले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क