इन्फो नेपाल — सञ्चारको सञ्जाल

मन्त्री झाँक्री र आलेले पद छाड्न मानेन्

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले मन्त्रिमण्डल हेरफेर गर्न बाटो खुला गरिदिन गरेको निर्देशनको २ मन्त्रीले अस्वीकार गरेका छन् । हालको सरकारमा ५ मन्त्री छन् । जसमा पर्यटनमन्त्री प्रेमबहादुर आले र शहरी विकाशमन्त्री रामकुमारी झाँक्रीले अध्यक्ष नेपालको निर्देशन अस्वीकार गरेका हुन् । स्रोतका अनुसार शुक्रबार अध्यक्ष नेपाल प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर निवास फर्किए । त्यसपछि उनले पार्टीका तर्फबाट बनेका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति दिएका थिए । त्यसका खासगरी मन्त्री आले र झाँक्रीले असहमति जनाएको बुझिएको छ । सरकारबाट फिर्ता आउन अध्यक्ष नेपालले दिएको निर्देशनपछि झाँक्रीले आफूहरु हट्नु पर्ने कुनै कारण नभएको प्रतिकृया दिएकी थिइन् । उनले राम्रै काम गरिरहेका गरिरहेको दावी गर्दै आफू सक्षम मन्त्री भएको र हट्नुपर्ने कारण नभएको बताएकी थिइन् । उनले नेपाललाई मन्त्रीबाट हटाए आफ्नो लागि अध्यक्ष मरेतुल्य बराबर हुने बताएको जनाइएको छ । त्यस्तैगरी पर्यटनमन्त्री आलेले भने स्थायी कमिटीको निर्णय सच्चाएर धनबहादुर बुढालाई मन्त्री बनाउनु पर्ने साथै एकजना महिला पनि मन्त्रीमा सिफारिस गरिनेपर्ने अडान राखेका छन् । मन्त्रीका लगि प्रस्ताव राखेका बुडा मन्त्री आले निकटकै सांसद हुन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क