इन्फो नेपाल — सञ्चारको सञ्जाल

"मलाई जनताको सेवा गर्नबाट रोक्ने ताकत कसैमा छैन"

नवलपरासी — राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन-२ का उम्मेदवार रवि लामिछानेले आफ्नो उम्मेदवारी खारेज भए पनि केही फरक नपर्ने बताएका छन् । 'मेरो उम्मेदवारी खारेज गरुन् केही छैन,' उनले भने, 'म चुनावमा नउठ्दा पनि तपाईंहरुको घरघरमा गएर सेवा गरेको मान्छे हुँ । अब पनि त्यसरी नै सेवा गर्छु । जनताको सेवा गर्ने मेरो इच्छालाई कसैले रोक्न सक्दैन ।' बुधबार साँझ कावासोतीमा आयोजित चुनावीसभामा बोल्दै उनले भने, 'सांसद भएँ भने नीति निर्माण तहमा रहेर काम गर्ने धोको हो, मलाई जनताको सेवा गर्नबाट रोक्ने ताकत कसैमा छैन ।' भ्रष्टाचार जरैदेखि उखेल्न आफू राजनीतिमार्फत समाजसेवामा आएको उनले सुनाए । चुनावपछि आफ्नो पार्टीका उम्मेदवारले घरघरमा गएर जनताको सेवा नगरे आफूले सांसदबाट फिर्ता बोलाउन सक्ने विधान पार्टीले लागू गरेको उनले बताए । ३० वर्षसम्म सत्ताको बागडोर सम्हालेका नेताहरुले देश लुट्ने र जनतालाई ढाँट्ने कामबाहेक केही नगरेको उनले दाबी गरे । 'पटक-पटक संसद्‌मा गएकाहरुले के गरे ?,' उनले प्रश्न गरे, 'त्यही सम्झेर यो पटक घण्टीमा भोट हाल्नुस् ।'

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क