इन्फो नेपाल — सञ्चारको सञ्जाल

मलेसियामा रोजगारी खुल्यो

८ आश्विन २०७८, काठमाडौं । कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने निर्णय तत्काल देखि लागू हुने प्रस्ट पारेको छ । लामो समयदेखि कोरोनाका कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान बाटो खुलेको हो । कोरोना सङ्क्रमण फैलिन नदिन मलेसिया प्रवेशका लागि विभिन्न प्रावधान भने लागू हुनेछ । मलेसिया जाने श्रमिकले पहिले नै त्यहाँको अध्यागमनबाट अनुमति लिनुपर्छ । मलेसिया जाने श्रमिकसँग मलेसियाको वैधानिक भिसा, विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोपको दुवै मात्रा लगाएको हुनुपर्नेछ । यस्तै कोरोना परीक्षणको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्छ ।मलेसिया पुगेपछि पनि त्यहाँको स्वास्थ्यका मापदण्ड पालना गर्दै क्वारेन्टाइनमा बस्न पर्ने समाचार आजको गोरखापत्र दैनिकमा छ ।

सम्बन्धित समाचार

२३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव, सेवा प्रवाहमा बाधा

काठमाडौं। संघीय सरकारले स्थानीय तहमा आवश्यक कर्मचारी खटाउन नसक्दा देशभरका २३० स्थानमा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त रहेको छ, जसले गर्दा धेरै तहहरु निमित्त प्रमुख प्रशासकीय अधि…

इन्फो नेपाल संवाददाता

नेपाल प्रहरीको इन्स्पेक्टर र असईमा जागिरको अवसर खुल्यो

काठमाडौं । नेपाल प्रहरीले २३६ जना प्रहरी सहायक निरीक्षक (असई) र ६४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) का लागि आवेदन माग गरेको छ । शुक्रवार सूचना प्रकाशन गर्दै प्रहरीले ठुलो सङ्ख्याम…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दक्षिण कोरिया नेपाली युवाको लोकप्रिय रोजगार गन्तव्य

काठमाडौं | पछिल्ला केही दशकदेखि दक्षिण कोरिया नेपाली युवाहरूको लागि आकर्षक रोजगार गन्तव्यका रूपमा उदाउँदै आएको छ। यो तथ्य रोजगारीका लागि अनिवार्य भाषा परीक्षामा सहभागी हुने नेपाली…

इन्फो नेपाल संवाददाता