इन्फो नेपाल — सञ्चारको सञ्जाल

महँगी र शिक्षक अभावविरुद्ध फ्रान्समा विशाल प्रदर्शन, १२०० भन्दा बढी पक्राउ

काठमाडाैँ । बढ्दो महँगी, विद्यालयमा शिक्षक अभाव र कमजोर पूर्वाधारको विरोधमा फ्रान्सभर भएको प्रदर्शन हिंसात्मक बनेको छ। देशव्यापी अशान्ति नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म १ हजार २०० भन्दा बढी प्रदर्शनकारीलाई पक्राउ गरेको छ।

​करिब ५ लाख ५० हजार नागरिक सडकमा उत्रिएको उक्त आन्दोलनका क्रममा देशका विभिन्न सहरहरूमा झडप र तोडफोड भएको छ। झडपमा परी कम्तीमा १५० जना प्रहरी घाइते भएको फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

​राजधानी पेरिससहित लिमोज, लियोन, सेन्ट-इटियेन र लिल लगायतका सहरमा प्रदर्शनकारी र दङ्गा नियन्त्रण प्रहरीबीच झडप भएको हो। पेरिसको ‘प्लेस डे ला रिपब्लिक’ लगायत क्षेत्रमा सवारीसाधनमा आगो लगाइएको छ भने दर्जनौँ पसलमा तोडफोड र लुटपाट भएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठीचार्ज प्रयोग गरेको छ। लिमोजमा टाउन हल भवनको छाना आगजनीबाट भत्किएको छ भने लियोनको ऐतिहासिक पर्यटकीय कार्यालयमा समेत क्षति पुगेको छ।

​सुरुमा १५ देखि १८ वर्ष उमेर समूहका विद्यार्थी अध्ययन गर्ने माध्यमिक विद्यालयमा शिक्षक अभाव र पूर्वाधार सुधारको माग राख्दै विद्यार्थीहरूले आन्दोलन थालेका थिए। पछि उक्त आन्दोलनमा ट्रेड युनियनहरू र सन् २०१८ मा महँगीविरुद्ध प्रदर्शन गरेको ‘एलो भेस्ट’ समूह समेत जोडिएपछि प्रदर्शन विशाल बनेको हो।

​स्थिति नियन्त्रण बाहिर जान थालेपछि फ्रान्सका शिक्षामन्त्री एडुवार्ड जेफ्रेले गत अक्टोबर ८ मा ३ हजार अस्थायी शिक्षक थप गर्ने घोषणा गरेका थिए। तर, उक्त घोषणाले पनि प्रदर्शनकारी शान्त नभएपछि आन्दोलनले उग्र रूप लिएको हो।

​राष्ट्रपति इमानुएल म्याक्रोँले आगजनी, तोडफोड र लुटपाटमा संलग्नलाई कडा कानुनी कारबाही गरिने चेतावनी दिएका छन्। प्रधानमन्त्री लेकोर्नुले केही समूहले आगामी राष्ट्रपतीय निर्वाचनलाई लक्षित गरी हिंसा भड्काउन खोजेको आरोप लगाएका छन्।

​यता वामपन्थी नेता जिन-लुक मेलान्शोनले लुटपाट र तोडफोडको विरोध गर्दै प्रहरी दमन बन्द गर्न आग्रह गरेका छन्। अर्कोतर्फ, दक्षिणपन्थी नेतृ म्यारिन ले पेनले प्रदर्शनकारीका जायज मागलाई अति-वामपन्थीहरूले दुरुपयोग गरेर हिंसा मच्चाएको टिप्पणी गरेकी छन्।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क