इन्फो नेपाल — सञ्चारको सञ्जाल

मादी नगरपालिकाका सुन्तला उत्पादक कृषक आत्मनिर्भर बन्दै

संखुवासभा / प्रधानमन्त्री परियोजना कार्यान्वयन एकाई कार्यक्रम अन्तर्गत सङ्खुवासभाको मादी नगरपालिका सुन्तला जोन क्षेत्रका रुपमा घोषण गरिएको छ । मादीमा संखुवासभा कै स्वादिलो सुन्तोला फल्ने गरेको छ । सुन्तलालाई नगरपालीका द्वारा, सुन्तोला खेती गर्ने कृषकलाई व्यावसायिक खेतीलाई प्रोत्साहन गर्दै आएको छ । मादी नगरपालीकाका वडा नं. ४,५,६ मा सुन्तोला व्यावसायिक खेती गर्ने गरिन्छ । समय समयमा मादी नगरपालीकाले सुन्तला खेतीलाई प्रोत्साहन गर्ने विभिन्न प्रकाएका तालीम सञ्चालन गर्दै आएको छ । मादी नगरपालिकाको वडा नं ६ धन्सार सुन्तला उत्पादक व्यावसायिक कृषक लक्ष्मी बहादुर पौडेलको बगैचामा बोट नै पहेलै हुने गरी पाकेको मुखै रसाउने सुन्तला, गत बर्ष समेत यही बगानको सुन्तला मादी कै सबैभन्दा बढी स्वादिलो र गुणस्तरीय पाइएको उमेश सुवेदीले आफ्नो फेसबुक मार्फत जानकारी गऐका छन् । संखुवासभा जिल्लामा जम्मा १० पालिका मध्य ५ नगरपालिका छन् भने, ५ गाउँपालिका छन् । ५ नगरपालिका भित्र पनि पछाडी परेको मादी नगरपलिका हो । पच्छिलो समय राम मन्दिरवाट ओखरबोटे सम्मकाले पत्रे भएपछि, मादीको सुन्तोलाले राम्रो बजार भाउ पाएको हो । स्थानीय सरकारको चासो, कृषकको लगातले गर्दा लाखौं रुपैयाको आम्दानी मादीको सुन्तोलाले गर्दै आएको छ । मादीको सुन्तोला, धरान,इटहरी, विराटनगर हुँदै, काठमाडौं सम्म पुग्ने गरेको छ । यसलाई थप व्यावस्थित बनाई सुन्तोला खेतिले मादी नगरपलिका कृषक आत्मनिर्भर बन्न सक्छन् ।    

सम्बन्धित समाचार

आइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई…

इन्फो डेस्क

शिक्षण पेसाबाट व्यावसायिक कृषिमा फड्को : हेटौँडाका फेन्चु लामाको वार्षिक ३६ लाखको उत्पादन

हेटौँडा । उच्च शिक्षा हासिल गरेपछि अधिकांश युवाको रोजाइ जागिर वा वैदेशिक रोजगारी बन्ने गरेको छ। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी आदामारका ३७ वर्षीय फेन्चु लामाले श…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विश्व स्कुल दूध दिवस मनाईंदै

मकवानपुर । आज (सेप्टेम्बर ३०) 'विश्व स्कुल दूध दिवस' विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विद्यालयमा दूधको महत्त्वबारे चेतना फैलाउने र बालबालिकालाई दूध सेवनमा प्रोत्साहन गर्ने उद्देश्य…

इन्फो डेस्क