इन्फो नेपाल — सञ्चारको सञ्जाल

मुख्यमन्त्री लामाद्वारा नियुक्त मन्त्रीको शपथ रोक्न एमालेको आग्रह

हेटौँडा |  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाद्वारा मंगलबार बिहान नियुक्त तीन मन्त्रीलाई तत्काल शपथ नखुवाउन सत्ता साझेदार नेकपा एमालेले आग्रह गरेको छ।

शपथ ग्रहणको तयारी भइरहेका बेला एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री लामालाई फोन गरी शपथ रोक्न भनेका हुन्।

कांग्रेसको बागमती संसदीय दलको नेताबाट हटाइएका लामाले आजै बिहान गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्री, माया श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्री र गीता गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्रीमा नियुक्त गरेका थिए।

तर एमालेले अहिले शपथ नगराउन आग्रह गरेपछि मुख्यमन्त्री लामा अलमलमा परेका छन्। प्रदेशको राजनीति जटिल मोडमा रहेका बेला नयाँ मन्त्रीलाई शपथ खुवाउँदा गलत सन्देश जाने भन्दै तत्काल शपथ रोक्न आग्रह गरिएको नेता थपलियाले बताएका छन्।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क