इन्फो नेपाल — सञ्चारको सञ्जाल

मेयर बालेन केशव स्थापितबीच भेटवार्ता

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्थानीय चुनावमा एमालेबाट मेयर उम्मेदवार बनेका केशव स्थापितलाई भेटेका छन्। चाबहिल-बौद्ध क्षेत्रमा सडक तथा ढलको अनुगमन गर्न पुगेका बालेनसंगको भेटपछि स्थापितले साहलाई आफ्नो घरमा लगेका थिए। स्थापितको घरमा उनीहरुबीच कुराकानी भएको छ। स्थापितले बालेनसँग काठमाडौं महानगरका लागि आफूले तयार पारेका योजना सुनाएका थिए। काठमाडौं महानगरमा के के काम गर्न सकिन्छ भनेर आफ्नो आइडिया शेयर गरेका थिए । स्थापितले ‘काठमाडौं आफ्नो जन्मथलो भएकाले यहाँको विकासमा सहयोग पुर्याउन सधैँ आफू तयार रहेको बताएका थिए। यस्तै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाली कांग्रेसको तर्फबाट मेयरकी प्रतिस्पर्धी सिर्जना सिंहसँग भेट गरेका छन्। शनिबार बालेन्द्रसँग र सिंहबीच भेटवार्ता भएको हो। गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनीहरु दुईजना एक अर्काका प्रतिस्पर्धी थिए। सिंह सत्ता गठबन्धनबाट मेयरको उम्मेदवार थिइन्। स्वतन्त्रबाट उठेका बालेन्द्र सिंहलाई पराजित गर्दै निर्वाचित भएका हुन्।उनीहरुबीचको भेटमा सिंहले चुनावका क्रममा घोषणापत्रमा ल्याएका योजना पूरा गर्ने प्रतिबद्धता मेयर शाहले गरेका छन्। सिंहले काठमाडौंका सार्वजनिक क्षेत्रमा निःशुल्क खानेपानी व्यवस्था गर्ने एजेण्डा अघि सारेकी थिइन्। त्यसबारे छलफल गरेर काम गर्ने शाहले प्रतिवद्धता जनाएका छन्। चुनावअघि बालेनले मेयरका दुई प्रतिस्पर्धी स्थापित र सिंह आफ्नो बुवाआमाजस्तै भएको टिप्पणी गरेका थिए । बालेन्द्रले ६१ हजार ७ सय ६७ मत ल्याएर विजयी हुँदा सिर्जनाले ३८ हजार ३ सय ४१ मत प्राप्त गरेर दोस्रो भएकी थिइन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क