इन्फो नेपाल — सञ्चारको सञ्जाल

"मेरो एक भोट बिक्रीमा छ"

तिमिसङ्ग नोट छ । मसङ्ग भोट छ । हामी एक अर्कामा तालमेल गरौन हुन्न ?तिमिलाई चुनाब जित्न भोट झार्नु छ।मलाई जीवन जिउन ,रहर अनि भोक मार्नु छ । त्यसैले त मेरो एक भोट बिक्रीमा छ । तिमि पाटिको सिधाान्तको कुरा नगर म नैतिकताको कुरा छाड्छु आज मैले परिवार धान्न भोट बेचे भोलि तिमिले देशको अर्थतन्त्र धान्न भन्दै देश बेच्छौ । मलाई बाध्यता छ तिमिलाई बहाना त्यसैले तिमी आदर्शको कुरानगरी भोट किन्न तर्फ लाग मेरो एक भोट बिक्रीमा छ । चुनाब प्रसारप्रचारमा आउदा गाउँ गाउँमा सिह दरबार लिने कुरा नदेखाउनु जितेर रोजगार दिने सपना नदेखाउनु अचेल ब्यबहारिक हैन ब्यापारिक हुँदै गएको छु । आफ्ना छाक टार्नको लागि पैसानै सबथोक हो भन्ने भएको छु तिमिले भोटको मूल्य बढाएछौ भने काका र दाइ भाइलाई पनि भोट दिनु भनौला राम्रालाई जिताउनुपर्छ भन्दै तै चुप मै चुप बसौला । गरिबी घटाउने तिम्रो चुनाबी एजेन्डा हैन र ? परेवालाई चारो जसरी पैसा छरिदेउ युवा युवतिलाई पासपोर्ट चलिस कटेकालाई रक्सी भरिदेउ । बैशाख ३० आउदै छ मान्छे चिन्न तर्फ लाग भोट किन्न तर्फ लाग मेरो एक भोट बिक्रीमा छ ।

सम्बन्धित समाचार

‘बाल महाभारत’ सार्वजनिक, नयाँ पुस्तालाई पौराणिक पात्रसँग परिचय गराउने उद्देश्य

हेटौँडा | साहित्यकार छवि अनित्यको चौथो कृति ‘बाल महाभारत’ सार्वजनिक भएको छ। ‘गोकु’, ‘नारुतो’जस्ता एनिमे पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महान ग्रन्थ मह…

इन्फो नेपाल संवाददाता

'मेरा बा'

कृतिका हुमागाई 'क' समेत नपढेका मेरा बा तर कुर्कम गरेनन् 'अ' समेत नपढेका मेरा बा तर अन्याय र अपराध सहेनन् जहिले सुकर्म र न्यायका लागि यौवन हुदै देखिनैक दुई नाले खद्वा बन्दुकसंग मैदा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

म र मेरो दाह्री

युवराज घिमिरे खिसी गर्थे साथीभाई मेरो फेस देखि जब देखि देखा पर्यो जु“गामा त्यो रेखी । उमेर बढ्दा जु“गा पनि हुंदै गयो कालो, जु“गा पछि आउ“दो रैछ दाह्रीको पो पालो । कपालमा सबै भन्दा क…

इन्फो नेपाल संवाददाता