इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

इटहरी / सुनसरीको ईटहरी उपमहानगरपालिका-४ भित्रि सडक खण्ड डिबिएम बोडिङ स्कुलछेउमा मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा धुलाबारी घर भई हाल ईटहरी उपमहानगरपालिका-६ बस्ने २२ बर्षीय रोशन बिश्वकर्मा रहेका छन् । हिजो राती साढे ९ बजे पश्चिमबाट पुर्व तर्फ जादै गरेको मे १ प ५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक बिश्वकर्मा गम्भिर घाईते भएका जिल्ला प्रहरी कार्यलय धरानले जनाएको छ । उनको उपचारको लागी धरानको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउन साथ मृत्यु भएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क