इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङका दुईजना बालिका १० दिनदेखि बेपत्ता

इटहरी / मोरङमा सुन्दरहरैंचा नगरपालिका-३ लालबस्ती बाट १० दिने देखि दुई बालिका विपत्ता भएका छन् । लालबस्तीको बर्मानीया बस्दै आएकी १६ वर्षीय सुस्मा विक र सोही ठाउँमा बस्ने १७ वर्षीय सुमना सिवा परियार बेपत्ता भएका हुन् । परिवारले सबै ठाउँमा खोजेर नभेटाएपछि खोजीका लागि प्रहरीमा समेत निवेदन दिएको सुस्मा विकका बुबा विनोद विकले जानकारी दिए । उनका अनुसार सोही ठाउँकी सुमाना सिवा विवाहित हुन् भने सुस्मा विक सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका-२ घर भइ लालबस्ती स्थित मामाघरमा बसेर अध्ययन गर्दै आएकी थिइन् । विनोदले भजे "सुमना सिवा छिमेकी हुन् । सँगै घाँस दाउरामा जाने आउने गर्दा गर्दै बेपत्ता भएछन् आफन्त सबैतिर खोजी गरी सक्यौँ नभेटिएपछि गछियाको प्रहरी कार्यलयमा खोजीका लागि निवेदन दिएका छौ ।" उनको परिवार निकै चिन्तित अवस्थामा रहेको छ । कृपया कसैले उहाँहरुई देख्नु भयो भने नजिकैको प्रहरी कार्यलयमा सम्पर्क गरिदिन अनुरोध गरेका छन् । सम्पर्क नम्बर ९८४२३२५१४१ मा सम्पर्क गरि सहयोग गरिदिन परिवारले अनुरोध गरेका छन् ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क