इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको कानेपोखरीमा काङ्ग्रेस र एमालेका कार्यकर्ताबीच झ,डप

सुनसरी | मोरङ जिल्लाको कानेपोखरी गाउँपालिकामा हिजो राति साढे १० बजेतिर कानेपोखरी–२ दलेली बजारनजिकै नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झ´डप भएको छ । झडपमा कानेपोखरी–६ का एमालेका भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ मोरङका अध्यक्ष नवीन पौडेल घा´इते भएका छन् । पौडेलको टाउकोमा चोट लागेका उनी उपचारपछि घरमै आराम गरिरहेका छन् । मध्यरातमा मतदातालाई प्रभावित पार्नका लागि दलेली बजारनजिकको विपन्न बस्ती पुगेका दुवै समूहबीच जम्काभेट भएको थियो । दुई समूहबीच जम्काभेट भएपछि झ´डप भएको हो । इलाका प्रहरी कार्यालय पथरीबाट पुगेको प्रहरी टोलीले घटना स्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दुवै समूहले निर्वाचन आचारसंहिता र मौन अवधिको उल्लङ्घटन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । घटनाका बारेमा विभिन्न कोणबाट अनुसन्धान थालिएको उनको भनाइ छ । ‘आचारसंहिता उल्लङ्घन गरेर दुवै समूह गाउँमा प्रवेश गरेको पाइएको छ,’ प्रहरी स्रोतले भन्यो, ‘मतदातालाई प्रभावित पार्ने प्रयास हुँदै गर्दा भेट भएपछि दुवै समूहबीच झ´डप भएको हो ।’ एसपी कोइरालाले घटनामा संलग्नको खोजी तीव्र पारिएको जानकारी दिए । ‘जसले गरेको भए पनि आचारसंहिता उल्लङ्घन गर्नेलाई कानुन अनुसार कारबाही हुन्यो,’ उनले भने, ‘तर दुई समूह भौतिक आक्रमणमै उत्रिएको पाइयो ।’ _- साङ्केतिक तस्बिर

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क