इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको छुट्टाछुट्टै ठाउँमा भएको घटना दुईजनाको मृत्यु

सुनसरी / मोरङ छुट्टाछुट्टै ठाउँमा भएको घटनामा एम्बुलेन्स र मोटरसाइकल दुर्घटना हुँदा एक वृद्ध र एक युवकको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ च ४४१४ नम्बरको एम्बुलेन्सले हिजो शनि राति ८ बजेतिर ठक्कर दिँदा एक जना साइकलयात्री वृद्ध पुरुषको मृत्यु भएको छ । मृत्यु हुने बूढीगङ्गा- ४ का ६९ वर्षीय मङ्गल रामको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार साइकलमा सडक पार गर्दै गरेको अवस्थामा एम्बुलेन्सले ठक्कर दिँदा गम्भीर घाइते भएका रामको उपचारका क्रममा बूढीगङ्गाकै विराट शिक्षण अस्पतालमा राति साढे १२ बजेतिर मृत्यु भएको हो । खाली रहेको एम्बुलेन्सको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनालगत्तै फरार बनेका एम्बुलेन्स चालकको प्रहरीले खोजी गरिरहेको छ । एम्बुलेन्सलाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । त्यस्तै, मोरङको बूढीगङ्गा गाउँपालिका- ४ स्थित प्रिमियर वायर उद्योगअगाडि दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उद्योगमै कार्यरत सुरक्षा गार्डको मृत्यु भएको छ । राति ८ः४० बजेतिर दुर्घटना हुँदा उद्योगका सुरक्षा गार्ड भोजपुरको अरुण गाउँपालिका–५ घर भएका २६ वर्षीय राम श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पैदल हिँडिरहेका बेला दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा आज आइतबार बिहानका राति ३ः४० बजेतिर मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना पनि सामान्य घाइते भएकाको विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क