इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङको लेटाङ र कटहरीमा भएको फरक फरक घटनामा दुई जनाको मृत्यु

सुनसरी / मोरङ जिल्लाको लेटाङ र कटहरीमा भएको घटनामा शुक्रबार साँझ दुई जनाको मृत्यु भएको छ । लेटाङ नगरपालिका–३ मा नरिबलको रुखबाट लडेर लेटाङ ३ का अशोक राईको मृत्यु भएको छ । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्याउनसाथ साँझ ७ः२५ बजेतिर लेटाङ–३ का २३ वर्षीय अशोक राईको लडेर मृत्यु भएको हो । चिकित्सकले उनलाई मृत घोषित गरेका हुन् । शव पोस्टमार्टमका लागि विराटनगरकै कोसी अस्पतालमा राखिएको थियोे । घटनाको बारेमा थप अनुसन्धान भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । त्यस्तै, मोरङ जिल्लाको कटहरी गाउँपालिका–७ हुरहुरिमा खोलामा डुबेर कटहरी–७ का ३९ वर्षीय जोगलाल सरदारको मृत्यु छ । प्रहरीका अनुसार बालुवा निकाल्न खोलामा पसेका सरदारलाई डुबेर बेहोस भएको अवस्थामा फेला पारिएको थियो । बेहोस अवस्थामा फेला पारेर आफन्तले घरमा ल्याएको केही बेरमै उनको मृत्यु भएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । प्रहरीले घटनाको बारेको थप अनुसन्धान गरिरहेको छ ।-साङ्केतिक तस्बिर

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क