इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङबाट एक वर्षमा ७६ जना बालबालिका हराए

सुनसरी / मोरङमा एक वर्षको अवधीमा ७६ बालबालिका हराएका छन् । हराएका ३४५ जना बालबालिकामध्ये ७६ जना कहाँ छन् भन्ने अहिलेसम्म यकिन भएको छैन । मोरङ प्रहरीका प्रवक्ता दिपक श्रेष्ठका अनुसार फेला नपरेका ७६ जनामा ५६ जना बालिका रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ । आर्थिक वर्ष ०७८-२०७९ मा प्रहरीमा परेको निवेदनका आधारमा खोजतलास गरेर २६९ जना फेला पारिएको थियो । जसमा २२१ बालिका र ४८ जना बालक रहेका छन् । एकवर्ष अवधिमा ६८ बालक र २७७ बालिका हराएको निवेदन प्रहरीमा परेकोमा प्रेम विवाह गरेर भाग्ने २४३ रहेका छन् । यसैगरी, घरायसी समस्या, झै–झगडा र गरिबीका कारण १०१ जना बालकालिका हराएको प्रहरीको तथ्यांकमा उल्लेख छ । एकजना मानव बेचबिखनमा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ । हराएका बालिकाहरूको खोजि भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क