इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङमा छठ पूजामा आएका एक बालकको ह'त्यामा संलग्न पाँचजना पक्राउ

सुनसरी / मोरङमा छठ पूजामा आएका एक बालकको ह'त्यामा संलग्न पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अनुसार झापाको दमक नगरपालिका- १० आमवाडीका १४ वर्षीय दियुस श्रेष्ठको ह´त्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । छठको मेला हेर्न मोरङ र झापाको सीमानामा पर्ने मावा खोलामा आएको बेला आइतबार राति उनीमाथि छुरा प्रहार भएको थियो उनको उपचारका क्रममा उनको सोमबार बिहान मृत्यु भएको हो । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका- ६ चन्द्रमा चौक बस्ने १७ वर्षीय बस्नेत, सोही वडाको वानडाँडा बस्ने १७ वर्षीय खवास, तामाङ, पानीट्यांकी बस्ने १६ वर्षीय माझी र तरूण चौक बस्ने १६ वर्षीय खत्री थरका किशोर छन् । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले १८ वर्ष मुनीका पाँच किशोरलाई पक्राउ गरेको हो । छठ पूजामा मृतक श्रेष्ठले मुख छाडेको निहुमा छु'रा प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘मृतक र संलग्नबीच पुरानै चिनजान भएको देखिन्छ, मेलामा भनाभन र मुख छाडेपछि छुरा प्रहार भएको खुलेको छ,’ प्रहरी स्रोतले बताएको छ । पक्राउ परेका पाँचजनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क