इन्फो नेपाल — सञ्चारको सञ्जाल

मोरङ कारागारका कैदीको उपचारका क्रममा कोशी अस्पतालमा मृत्यु

सुनसरी / विराटनगर महानगरपालिका- ८ हाटखोलामा रहेको जिल्ला कारागार मोरङमा सजाय भुक्तान गरिरहेका एक जना कैदीको मृत्यु भएको छ । तेह्रथुमको आठराई गाउँपालिका- ४ घर भएका ५४ वर्षीय मानबहादुर खपांगीको मृत्यु भएको हो । खपांगीलाई जिल्ला अदालत तेह्रथुमले २०७४ माघ ९ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो । उनी अदालतबाट जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् । सजाय भुक्तानका क्रममा तेह्रथुम कारागारमा उनले २ वर्ष बिताइसकेका थिए । तेह्रथुमबाट २०७६ मंसिर २४ गते स्थानान्तरण गरेर मोरङ ल्याइएको थियोे । बिरामी परेपछि उपचारका लागि कात्तिक १२ गते बिहान विराटनगरस्थित कोसी अस्पताल भर्ना गरिएका उनको उपचारका क्रममा मंगलबार साँझ मृत्यु हो । कारागारका अनुसार खपांगीलाई पेट र पायल्सको पुरानै समस्या थियो । पछिल्लो समय खाना रुची नहुने समस्या पनि थपियो । मृतकको शव कोसी अस्पतालमै राखेर आफन्त र परिवारका सदस्यलाई घटनाको जानकारी गराइसकिएको छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क