इन्फो नेपाल — सञ्चारको सञ्जाल

यस्तो छ काठमाडौं र भरतपुर महानगरमा पछिल्लो मत परिणाम

काठमाडौं: जताततै चुनाबी माहोल भएपनि देशभर काठमाडौं माहानगर र भरतपुर माहानगर निकै चर्चामा छ । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ले ५ हजार ८९९ मतान्तर बनाएका छन् । भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहाल प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुबेदी भन्दा ३ सय २३ मत ले अगी छिन । काठमाडौं महानगरपालिका पछिल्लो मतपरिणामअनुसार शाहले १२ हजार ७७७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ६ हजार ८७८ मत मात्र पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ६ हजार १०१ मत पाएकी छन् । उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल अगाडि छन् । उनले १२ हजार १५७ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ३ हजार ६१४ मत पाएका छन् । भरतपुरमा महानगरपालिका चितवनको भरतपुर महानगरपालिकामा मेयर पदमा भरतपुरमा महानगरपालिका मेयरमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले अग्रात लिएकी छिन। पछिल्लो अपडेट अनिसार नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ७ हजार ३५१ मत ल्याउँदा एमालेका उम्मेदवार विजय सुवेदीले ७ हजार २८ मत ल्याएका हुन् । मंगलबार बेलुकी ९: ३०  बजेको मत परिणामअनुसार जगन्नाथ पौडेलले ३ हजार ६२ मत पाएका छन् । उपमेयरमा भने नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारी अगाडि छन् । उनले ८ हजार ९०६ मत पाउँदा निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी का उम्मेदवार हिमला गुरुङले ५ हजार ८०३ मत पाएका छन् ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता