इन्फो नेपाल — सञ्चारको सञ्जाल

यहीँ मंसिर १५ गते देखि नेकपा एस कमल लिएर घर-घर जाने : माधव नेपाल

काठमाडौं : आज नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यहीँ मंसिर १५ गतेदेखि पार्टीको चुनाव चिन्ह कमल लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा गरेका छन् । आज बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले यो घोषणा गरेका छन् । उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय , विकास र समृद्विको विषयलाई केन्द्रविन्दु राखेर अघि बढिरहेको बताएका छन् । अध्यक्ष मावध नेपालले भने समाजवादको दिशामा अघि बढ्नका लागि समानताको , न्यायको विकासको र समृद्विको यी चार वटा विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ । मैले भन्ने गरेको छु अब सुर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागि सकेको छ भनेका छन् माधव नेपालले । अब कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिईरहेको छ । अब मंसिर १५ गतेदेखि स्टिकर वितरण गर्दै घरघरमा हामी जनताको माझमा पुग्ने अभियान संचालन गर्न गईरहेका छौं । यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महशुस गरेरहेका छन् । भविष्य छ भने एकीकृत समाजवादी पार्टीको छ । अध्यक्ष माधव नेपालले प्रदेश-२ को नामकरण जनकपुर र राजधानी पनि जनकपुरनै राख्न उपयुक्त हुने धारणा राखेका छन् ।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क