इन्फो नेपाल — सञ्चारको सञ्जाल

यी खानेकुरा मिसाएर कहिल्यै नखानुहोस्, ज्यानै जान पनि सक्छ

काठमाडौं- पहिले पहिले माछामासुसँग दही मिसाएर खान हुँदैन भनिन्थ्यो । दुध र मासु एकसाथ खाँदैनथे । तर, अहिले यी खानेकुरा एकसाथ पकाएर पनि खाने प्रवृत्ति छ । यी खानेकुरा आफैमा नराम्रो नहुन सक्छ । तर, जब एकआपसमा मिश्रण गरिन्छ तब यी खानेकुरा विषाक्त बन्छ । त्यस्ता थुप्रै खानेकुरा हुन्छन् जसलाई एकअर्कासँग मिसाउँदा खान अयोग्य हुन्छ । यद्यपि हामी खानपानको गुण र खाने तरिकाबारे त्यती चासो राख्दैनौं । नतिजा अनेक रोगले च्याप्न थाल्छ । अझ दशैंतिहार जस्तो चाडपर्वमा त हामी थरीथरी खाना एकसाथ खाने गर्छौं । यसरी खाँदा त्यसले शरीरमा पोषण होइन, रोग निम्त्याउँछ । दही, दुध, घिउ, माछा, मासु, गेडागुडी जस्ता खानेकुरा प्रोटिका स्रोत हुन् । तर यी सबै खानेकुरा एकसाथ मिसाएर खाँदा शरीरलाई पचाउन गाह्रो हुन्छ । जस्तो कि, एउटा मान्छेलाई एकै पटकमा गह्रौं गह्रौं भारी बोकाए जस्तो हुन्छ । माछामासु खाने मान्छेले सकेसम्म दिनमा एक छाक मात्र माछामासु खानु उचित हो । रातिको खानपान सुपाच्य र हल्का हुन जरुरी छ । के खाने भन्ने कुरा त हामीलाई थाहा हुनसक्छ । तर कसरी र कतिबेला खाने भन्ने कुरा हामीलाई ज्ञान नहुन सक्छ । भनिन्छ नि, संसारमा मान्छेहरु खान नपाएर होइन, खान नजानेर रोगी भएका छन् । अतः खानपानको हकमा कुन खानेकुरा आपसमा मिसाउनु हुँदैन भन्ने कुरा पनि निकै महत्वपूर्ण छ । आहारविद्का अनुसार यी खानेकुरा आपसमा मिसाउँदा विषाक्त बन्छ । एकैपटक मिसाएर खान नहुने खानेकुरा दही र कालो दाल - दालमा दही र मोही मिसाएर खाने चलन छ । तर दही र कालो दाल सकेसम्म एकसाथ मिसाएर खान हुँदैन । यस किसिमको खानेकुरा आपसमा मिश्रण गर्दा त्यो विषाक्त हुनसक्छ । माछामासु, दुध–दही र घिउ - चाडपर्वको बेला मीठोमसिनो खाने चलन छ । मीठोमसिनाको नाममा अनेकथरी खानेकुरा एकसाथ तयार गरिन्छ । जस्तो कि, माछामासु, दुध-दही, घिउ । यी सबैकुरा प्रोटिनको उच्च स्रोत हुन् । जब हामी यी सबै खानेकुरा मिसाएर एकसाथ खान्छौं, यसले पाचन प्रणालीमा असर पु¥याउँछ । दुध–दहीसँग माछामासु त नखाएकै वेश हुन्छ । च्याउ र मासु- धेरै परिकार बनाउने नाममा मासुसँगै च्याउ पनि पकाउने गरिन्छ । खासमा मासु र च्याउ आपसमा मिल्ने परिकार होइन । यी खानेकुरा एकसाथ खानु उचित छैन । दुध, दही र फलफुल- खानापछि कतिले फलफूल खाने गर्छन् । फलफूलमा दही मिश्रण गरेर खाने चलन पनि व्यापक छ । यसरी मिसाएको फलफूल अस्वस्थ्यकर हुन्छ । फलफूलमा दुध त मिसाउनै हुँदैन । वा यी खानेकुरा एकसाथ खानै हुँदैन । यसैगरी दुधसँग अण्डा, माछा, मासु, कागती खानु उचित हुँदैन । कांक्रो र मुलामा दही- सलाद बनाउनका लागि कतिले कांक्रा, मुला आदिमा दही पनि मिसाइदिन्छन् । यसरी मिश्रण गर्नु राम्रो होइन । चीसो र तातो पेय पदार्थ- एकसाथ चिसो र तातो खानेकुरा पनि खानु राम्रो होइन । घरमा आएको पाहुनालाई चिसो पेय दिने वा तात्तातो चिया कफी दिने प्रचलन छ । यी पेयसँगै फेरी तातो वा चिसो खानेकुरा दिइन्छ, जुन आपसमा मिल्दो हुँदैन । यसरी एकसाथ वा थोरै समयको अन्तरालमा धेरै तातो र धेरै चिसो खानेकुरा खानु एकदमै हानिकारक हुन्छ । एकैसाथ मिसाएर पकाउन नहुने खानेकुरा - अहिले मान्छेले युट्युबलगायत बाट खानेकुरा पकाउने विधी सिकिरहेका हुन्छन् । अनि आफ्नै भान्सामा थरीथरी परिकार पकाउने अभ्यास गरिरहेका हुन्छन् । पाककला सिक्नु आफैमा नराम्रो होइन । यद्यपि यसरी अन्धधुन्ध खानेकुरा पकाउन सिक्दा कुन खानेकुरा आपसमा मिसाउनु हुन्छ वा हुँदैन भन्ने जानकारी चाहिँ हुनुपर्छ । जस्तो कतिले मासुलाई ग्रेभी बनाउन दही वा क्रिम मिसाउने गर्छन् । यस्तो मिश्रण हानिकारक हुनसक्छ । च्याउ र मासु एकसाथ मिसाएर खानु उचित हुँदैन । खानेकुराको गुण अनुरुप कस्तो खानेकुरा आपसमा मिसाउन हुँदैन भन्ने ज्ञान हुनुपर्छ । आपसमा गुण नमिल्ने खानेकुरा एकसाथ पकाएर खाँदा अपच हुने, फूड पोइजनिङ हुने, रगत विषाक्त बनाउने, छालामा रोग निम्त्याउने र क्यान्सरसमेत हुने भय हुन्छ । खानापछि फलफूल वा मिठाई खानुहुन्छ ? - अहिले खानपानपछि मिठाई वा फलफूल खाने चलन पनि बढ्दो छ । यसले मुख मीठो बनाएपनि पेटलाई खराब बनाउँछ । सकेसम्म खानाअघि नै सलाद खानु राम्रो हो ।

सम्बन्धित समाचार

७४ जिल्लामा फैलिएको स्क्रब टाइफस : ज्वरो आए बेवास्ता नगर्न चिकित्सकको सुझाव

बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९…

इन्फो नेपाल संवाददाता

असारको अन्तिम दुई सातामा अनुगमन तीव्र, आठ व्यवसायलाई सात लाख ८० हजार जरिवाना

हेटौँडा । पिज्जामा साङ्ला भेटिएको उपभोक्ताको गुनासोदेखि अनुमतिबिनै सवारी चालक अनुमतिपत्रका सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको घटनासम्मले असारको अन्तिम दुई साता मकवानपुरमा बजार त…

बसन्त भण्डारी

English

Natural Remedies for Viral Fever: Using Herbs and Spices

Viral infections can be a common disease for both adults and children, especially in times of climate change. Many viral diseases, such as the common cold and the flu, are contract…

Info Nepal

राति बत्ती बालेर सुत्ने बानीले मुटुरोगको जोखिम बढाउने

काठमाडौं | राति बत्ती बालेर सुत्ने बानीले मुटुसम्बन्धी रोगको जोखिम उल्लेखनीय रूपमा बढाउने तथ्य सार्वजनिक भएको छ। बेलायतका वैज्ञानिकहरूले यूके बायोबैंकका करिब ८९ हजार सहभागीहरूमाथि…

इन्फो नेपाल संवाददाता