इन्फो नेपाल — सञ्चारको सञ्जाल

योगेश भट्टराईको ११ बुँदे स्टाटस

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव योगेश भट्टराईले आफ्नो अभिव्यक्तिले नेकपा (एकीकृत समाजवादी)का युवाहरुको मन दुखेको भन्दै उनीहरुको मन दुखाउनु आफ्नो मनशाय नभएको प्रष्टोक्ति दिएका छन्। भट्टराईले सामाजिक सञ्जालमा ११ ओटा बुँदाहरुसहित आफ्नो मनशाय युवाहरुको चित्त दुखाउनु नरहेको प्रष्टीकरण दिएका छन्। उनले आफूहरुमाथि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बारम्बार भद्दा र अशिष्ट अभिव्यक्ति दिए पनि उनको सम्मानका लागि टिप्पणी नगरेको पनि प्रष्ट पारेका छन्। पार्टी विभाजनको समयमा उनको विपक्षमा उभिएकाहरुलाई नेपालले पटकपटक दासको संज्ञा दिँदै आएका छन्। सोही विषयमा भट्टराईले आफूहरुमाथि भद्दा टिप्पणी गरे पनि जवाफ नदिएको बताएका हुन्। भट्टराईले समाजवादीभित्र मन्त्री हेरफेरको विषयमा किचलो बढेपछि नेपाललाई लक्षित गरेर स्वार्थहरुको झुण्डको पछि लागेर आफूहरुलाई नसुनेको परिणाम भएको टिप्पणी गरेका थिए। त्यसपछि अध्यक्ष नेपाल उनीमाथि खनिएका थिए। भट्टराई र नेपालले एकअर्कामाथि टिप्पणी गरिरहेका बेला एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले नेपालकै पछि लागेर त्यो स्थानमा पुगेका भट्टराईको अभिव्यक्तिबारे बोलेका थिए। जसको जवाफ भट्टराईले ११ बुँदामा दिएका हुन्। उनले माधव नेपाल २०० वर्ष बाँचुन् भन्दै सधैँ नेतृत्वमा रहिरहन पनि भनेका छन्।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क