इन्फो नेपाल — सञ्चारको सञ्जाल

यो चुनाव नौटंकी हो: प्रकाण्ड

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिनुभएको छ । मंगलवार पार्टीको नवौं महाधिवेशनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वकर्माले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई नौटंकीको संज्ञा दिनुभएको हो । उहाँले पाँच वर्ष भ्रष्ट्राचार र राष्ट्रघात गरेर सर्वाङ्ग भएकाहरुलाई सुनपानी छर्नका लागि निर्वाचन हुन लागेको बताउनुभयो । निर्वाचनमा जितेर आउनेले अहिलेको भन्दा डरलाग्दो जनबिरोधी र राष्ट्रबिरोधी हर्कत गर्ने उहाँले बताउनुभयो । उहाँले आफ्नो पार्टीले निर्वाचनलाई खारेज गर्ने नीति लिएको भन्दै भ्रष्टाचार गर्ने तर लोकतन्त्रवादी हुँ भन्दै जनताकोमा मत माग्न जाने नेताहरुलाई गाउँ–गाउँबाट लखेट्ने बताउनुभयो । उहाँले भन्नुभयो – ‘चुनावको बारेमा यहाँ धेरै भन्नुपर्दैन । यो चुनाव नौटंकी हो । पाँच वर्ष भ्रष्टाचार र कमिसन, राष्ट्रघात र जनघात गरेर सर्वाङ्ग भएका तत्वहरुलाई फेरि सुनपानी छर्ने हो यहाँ । केही नयाँ ल्याएर केही पुरानालाई सुनपानी छर्ने हो । अब तिनीहरु जितेर आएभने के गर्छन् भन्दा अहिलेको भन्दा डरलाग्दो जनबिरोधी हर्कत गर्छन् । राष्ट्र बिरोधी हर्कत गर्छन् । त्यसो भएको हुनाले यो चुनावलाई आगामी दिनमा नेपाल कम्युनिष्ट पार्टीले सशक्त रुपले खारेज गरेर जाने नीति अगाडी सारेका छौँ । काठमाडौंमा बस्ने राष्ट्रघात, जनघात गर्ने, मानव बेचबिखन गर्ने अपराध गर्ने, भ्रष्टाचार र कमिसनको खेल गर्ने, अहिले जनताको बीचमा हामी सबभन्दा बढी लोकतन्त्रबादी नेता हुँ भनेर जाने तत्वहरुलाई एकपटक गाउँ गाउँबाट खेद्ने कार्यनीति अहिले महाधिवेशनले अगाडी सारेको कार्यनीति हो । एकपटक हामी जनसंघर्ष गर्छौं ।’ प्रवक्ता विश्वकर्माले दलहरुले घोषणापत्रमा नेताहरुको सम्पतीको छानबिन गर्ने कुरा राखेका उल्लेख गर्दै दुधको साँचि बिरालो भएको टिप्पणी गर्नुभयो । सबैभन्दा बढी भ्रष्टले सम्पती छानबिन गर्ने कुरा गर्नु जनतालाई मुर्ख बनाउनुभएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘यो देशमा राजनीति गर्नेहरुले, व्यवसायीहरुले जति पैसा जम्मा पारेका छन् अथवा तिनी धनि भएका छन् । तिनको स्वामित्वमा पैसा छ । त्यो सबै छानबिन गर्ने भन्दैथे हिजो केही पार्टीका घोषणापत्र सार्वजनिक हुँदा । यो त दुधको साँचि बिरालो भयो । जो सबभन्दा बढी भ्रष्ट र सबभन्दा बढी यो देशको सम्पती कुम्ल्याएर बसेका छन् उनी मान्छेले सम्पती छानबिन गर्ने भन्छन् । जनतालाई मुर्ख बनाउने । श्रम गर्नुछैन । उत्पादन गर्नुछैन । जनतालाई लुटेको छ । अनि विदेशीहरुबाट भिख मागेको छ, खाएको छ । यस्तो स्थिति देशमा छ ।’ उहाँले पार्टीका केन्द्रदेखि गाउँ कमिटी सम्मका नेताले हरेक दुई महिनामा एक पटक भौतिक श्रम गर्ने र उक्त श्रमबाट प्राप्त रकम केन्द्रमा पठाउनुपर्नेल नीति पार्टीको रहेको उल्लेख गर्नुभयो । त्यस्तै शहीद तथा बेपत्ता परिवारका सेवाका लागि ५ लाखको केन्द्रिय कोष खडा गरिने पनि जानकारी दिनुभयो । प्रवक्ता प्रकाण्डले पार्टीका नेता, कार्यकर्ताले परम्परादेखि चल्दै आएका पुराना जातिहरुको अन्त्य गरी नयाँ मानव जातिको निर्माण गर्न साम्यवादी जाति निर्माण गर्ने र हरेकले नामका पछाडी सी लेख्ने निर्णय भएको पनि बताउनुभयो ।-फाइल तस्विर

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क