इन्फो नेपाल — सञ्चारको सञ्जाल

यो देशमा जय जय कार गर्नु पर्ने काम कुनै नेताले गरेका छैनन : रवि लामिछाने

सुनसरी: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले यो देशमा जय जय कार गर्नु पर्ने काम कुनै नेताले नगरेको बताएका छन् । सोमबार इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश १ भेलामा सहभागी भएका रविलाई कार्यक्रममा जनताले रवि दाइ हाई ,हाई भन्दा उनले सो कुरा बताए हुन् । राजनीतिक अस्थीरताका कारण देशमा समस्या सृजना भएको उनले बताए। उनले राजनीतिक अस्थीरताकै कारण नेताहरुले जनताको पसिनामा रजाई गरीरहेकाले गर्दा त्यस्ता ठीक लगाउनुपर्ने चेतावनी दिए। ‘पछिल्ला दिनमा राजनीतिक अस्थिरताको कारण चिकित्सकले बिरामी जाँच गर्दा पनि कुन दल वा पार्टीको भनेर जाँच गर्ने दिन आउन सक्ने खतरा भइसक्यो,’ संगठन विस्तार गर्ने क्रममा सोमबार इटहरी आएका लामिछानेले भने, ‘झुठा आश्वासन बाढेर राजनीतिक गर्नेको अब हिसाब–किताब गर्ने दिन आए।’ उनले युवापुस्तालाई आफ्नो पार्टीमा आबद्द हुन आह्वान पनि गरे। ‘अब देशमा युवाको खाँचो छ,’ उनले भने, ‘आउनुहोस्, स्वतन्त्र राष्ट्रिय पार्टीमा आबद्द हुनुहोस्। पार्टीको माथिल्लो तहसम्म अवसर पाउनुहुनेछ।’ उनले ठूला राजनीतिक दलले युवालाई माथिल्लो तहसम्म पुग्न नदिएरै युवापुस्तामा राजनीतिप्रति वितृष्ण जागेको पनि दावी गरे।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क