इन्फो नेपाल — सञ्चारको सञ्जाल

यो पटक कुनै पनि षड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ : सुनसरी क्षेत्र नम्बर ३ की उम्मेदवारी भगवती चौधरी

सुनसरी / नेकपा एमालेबाट सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यकी उम्मेदवार भगवती चौधरी घरदैलो अभियानमा रहेकी छन् । उनले इटहरी वडा नम्बर १० र वडा नम्बर ११ बाट जनताको घरदैलोमा पुग्न थालेकी छन् । जनताको घरदैलोमा पुग्दै यहाँका आवश्यकता, जनताको अपेक्षा, गुनासाहरू सुन्दै आफ्ना चुनावी एजेण्डा र निर्वाचनमा होमिनुपरेका कारणबारे बुझाउन थालेकी छन् । उनी घर दैलो कार्यक्रममा भनिन्, ‘योपटक कुनैपनि शक्तिले धाँधली गरेर, बाकस साटेर या अन्य षड्यन्त्र गरेर चुनाव जित्छु भन्ने नसोचे हुन्छ । भगवती चौधरी र सिंगो नेकपा एमाले र जनताको अभिमत सुरक्षार्थ खटिन्छ ।’ उनले जनतालाई कुनैपनि लोभ, लालच, डर, धम्कीमा नपरी निष्पक्ष रूपमा ढुक्क भएर परिवर्तनको पक्षमा मतदान गर्न आग्रह गरिन् । चौधरीले शिक्षा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, कृषि क्षेत्रको विकास गरेर युवाहरूलाई गाउँघरमै स्वरोजगार बनाउन सकेमात्र आर्थिक उन्नती हुने बताउँदै त्यसका लागि आफूले ३० वर्षमा हुन नसकेको काम ५ वर्षमै गर्ने गरी रोडम्याप बनाएको दाबी गरिन् । स्थानीयले जनमतको सुरक्षाको कुरा उठाउँदा चौधरीले यसपटक कुनै प्रकारको धाँधली र षड्यन्त्र हुन नदिने विश्वास व्यक्त गरिन् । नेकपा एमालेबाट प्रदेशसभातर्फ सुनसरी ३ (क) का उम्मेदवार रोहितबहादुर कार्कीसहित पार्टीका नेताहरूको साथमा घरदैलो थालेकी चौधरीले जनताका मुख्य समस्याहरूलाई टिपोट गर्ने, गुनासाहरू सुन्ने र ती समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । स्थानीय मतदाता तथा जनताहरूले विगतमा पटकपटक जितेर गएकाले विकास नगरेको, जनताका अपेक्षा, विगतका निर्वाचनमा गरेका प्रतिबद्धताहरू पूरा नगरेको तथा भ्रष्टाचारमा मुछिएकाले यो पटक नेतृत्व परिवर्तनको पक्षमा उत्रिएको बताएका थिए । योपटक जनताले निर्वाचित गरेको खण्डमा आफ्नो क्षेत्रमा विकासको लहर ल्याउने साथै संघ सरकारमा रहेर महिला, बालबालिका, जेष्ठ नागरिक, युवा, कृषक, उद्योग, पर्यटन लगायतका क्षेत्रमा काम गर्ने र नीति निर्माण गर्ने उनको जिकिर छ ।

सम्बन्धित समाचार

सोलुखुम्बुको फेरिचेमा दुई हेलिकोप्टर ठोक्किएर दुर्घटना, एक विदेशी नागरिकको मृत्यु

काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। ​फेरिचे हेलिप्याडमा अव…

इन्फो डेस्क

पहिरोले सोलुखुम्बुकाे इङ्खु नदी थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुर । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–१ चेरेम गाउँमुनि पहिरो खस्दा इङ्खु नदीको बहाव रोकिएको छ। नदीको बहाव रोकिएर अस्थायी बाँध बनेपछि फुटेर जोखिम निम्तन सक्ने भन्दै सतर्कता अप…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

​सप्तकोशीका ३१ ढोका खोलिए, नदीमा उच्च खतराको सङ्केत

काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…

इन्फो डेस्क