इन्फो नेपाल — सञ्चारको सञ्जाल

यो माला धारण गर्दा भाग्य चम्किने धार्मिक विश्वास छ

ज्योतिष शास्त्रको मान्यता अनुसार ग्रह बलियो पार्न कुण्डली र राशि अनुसार रत्न–धातु धारण गर्नु लाभदायक हुन्छ । धर्म अनुसार पनि रुद्राक्ष, तुलसीको माला धारण गर्नु लाभदायक हुने विश्वास छ । यस्तै एक अर्को माला हो, वैजयन्ती माला । भगवान् विष्णु र कृष्णको प्रिय वैजन्यती माला धारण गरे भगवानको विशेष कृपा प्राप्त हुने धार्मिक विश्वास छ । यस मालालाई लक्ष्मीको कारक मानिन्छ । यो धारण गर्दा जातकको आर्थिक स्थितिमा ठुलो परिवर्तन आउने धार्मिक विश्वास छ । अरु के-के छन् वैजन्यती माला धारण गर्दाका लाभ ? सोमवार वा मंगलवारका दिन विधि–विधानपूर्वक वैजयन्ती माला धारण गरे जीवनका सबै नकारात्मकता नाश भएर जाने र हरेक काममा सफलता प्राप्त हुने धार्मिक विश्वास छ ।वैजयन्ती माला धारण गर्दा आर्थिक अभाव टरेर जाने र माता लक्ष्मीको कृपा भई आर्थिक स्थिति मजबुत हुने धार्मिक विश्वास छ । वैजयन्ती माला धारण गर्दा मन शान्त हुने र रिस नियन्त्रण हुने विश्वास रहेको छ । यो माला धारण गर्ने व्यक्ति सामाजिक जीवनमा सक्रिय रहने र मान–सम्मानमा प्रगति हुने विश्वास रहेको छ । कामकाजी महिलाले यसको धारण गरेमा अत्यन्त लाभ पाउने धार्मिक विश्वास छ । विवाहमा अड्चन आएकाहरूले बिहीबार वा शुक्रबारका दिन विधि–विधानपूर्वक वैजयन्ती माला धारण गर्दा केही दिनमै विवाह हुने विश्वास गरिन्छ ।कला, लेखन वा अन्य रचनात्मक काममा संलग्नहरुले यो माला धारण गरे नयाँ नयाँ विचार आउने धार्मिक विश्वास छ ।

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व समापन

मकवानपुर । छठ पर्वको मुख्य तथा अन्तिम दिन आज (सोमबार) बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व समापन भएको छ। हिजो (आइतबार) साँझ अस्ताउँदो स…

इन्फो डेस्क

हेटौँडाको राप्ती तटमा छठका श्रद्धालुको चहलपहल सुरु, २ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन

हेटाैँडा । छठ पर्वको मुख्य दिन आज (आइतबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा भक्तजन तथा दर्शनार्थीको उपस्थिति सुरु भएको छ। हेटौँडा उपमहा…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

छठको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मकवानपुर । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको आराधना, उपासना र पूजा गरी मनाइने यो पर्व…

इन्फो डेस्क