सुनसरी | मोरङको रंगेलीमा स्कुल बसको ठक्करबाट घाइते भएकी बालिकाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ ।
रंगेली नगरपालिकाश -७ स्थित माउण्ट मकालु बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा गत मंगलबार घाइते भएकी सोही बोर्डिङको एलकेजीमा अध्ययनरत रंगेली -६ कि ६ वर्षीया सुनमकुमारी मण्डलको आज शुक्रबार बिहान मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएकी बालिकाका उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको थियो । सोही घटनामा बसको ठक्करबाट नर्सरीमा अध्ययनरत रंगेली–७ का ४ वर्षीय रीतिक मण्डलको मंगलबार नै मृत्यु भएको इलाका प्रहरी कार्यलय रंगेलीले जनाएको छ ।
स्कुल छुट्टि भएपछि पैदल डिडेर घरतिर जाँदै गरेका सुनमकुमारी र रीतिकलाई स्कुलको गेटछेउमै बसले ठक्कर दिएको थियो । विद्यार्थी बोकेर स्कुलबाट निस्किएको बसले ब्याक गर्ने क्रममा उनीहरुलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…