इन्फो नेपाल — सञ्चारको सञ्जाल

रवि लामिछानेले दिए मतदाता भ्रमित बनाउने नेतालाई नाङ्गेझार पार्ने चेतावनी

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मतदातालाई भ्रमित बनाउने काम गर्नेलाई नाङ्गेझार पार्ने चेतावनी दिएका छन् । हेटौंडामा मंगलबार आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘कैयौं नेताहरूले भोट हाल्ने ठाउँमा सिसी क्यामेरा राखेका हुन्छौं‚ हामीलाई भोट हाले नहालेको थाहा हुन्छ भन्दै जनतालाई तर्साउने काम गरेको सुनेको छु‚ यस्तो झुटो गरेर मतदातालाई झुक्याउनेलाई नाङ्गेझार पार्न नपरोस् ।’ उनले मंसिर ४ गते देशले ‘सरप्राइज’ पाउने बताएका छन् । मंसिर ४ गते हुने निर्वाचनले नपत्याउँदो नतिजा दिएर देशलाई नै सरप्राइज दिने दाबी गरेका हुन् । आफ्नो पार्टीको लागि भोट माग्दै उनले भने‚ ‘मैले सुनेको छु देशले यो पटक सरप्राइज कुरिरहेको छ रे ! काठमाडौं र धरानबाट त्यो सरप्राइज शुरु भइसकेको छ । चितवनबाट म सरप्राइज दिन्छु, मकवानपुरबाट तपाईंहरूले एउटा आवाज निकाल्नुहोला । त्यो आवाज घण्टीको हुनेछ ।’ लामिछानेले मतदातालाई भ्रमित बनाउने काम गर्नेलाई नाङ्गेझार पार्ने चेतावनी दिए । उनले पत्रकारिताबाट आफूले धेरै चेलीबेटी र युवाहरूलाई विदेशबाट उद्धार गरेर ल्याएको भन्दै विदेश नै जान नपर्ने नीति बनाउन राजनीतिमा आएको दाबी गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बने युवाहरू रोजगारीमा विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने दाबीसमेत गरे। उनले आफू सधैं जनताको घरदैलो र चोक चौतारामा भेटिने भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गरे ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क