इन्फो नेपाल — सञ्चारको सञ्जाल

राप्रपा बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी कार्यहरू रोक्न अन्तरिम आदेश

काठमाडौँ। उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश कार्यसमितिको अधिवेशन तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया रोक्ने निर्णयलाई निरन्तरता दिएको छ। न्यायाधीशद्वय नातिबाबु लामिछाने र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले राप्रपाको बागमती प्रदेश निर्वाचनसम्बन्धी काम अघि नबढाउन अन्तरिम आदेश दिएको हो।

​यसअघि असोज १४ गते अदालतले निर्वाचन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। बिहीबार दुवै पक्षको बहस सुनेपछि उच्च अदालत नियमावली, २०७३ अनुसार उक्त आदेशलाई निरन्तरता दिइएको अदालतले जनाएको छ।

​अदालतको यो आदेशसँगै असोज २० गतेका लागि तय गरिएको राप्रपा बागमती प्रदेश कार्यसमितिको निर्वाचन रोकिएको छ। उद्धव थापा लगायतले राप्रपा काठमाडौँ जिल्ला निर्वाचन समितिको कार्यालयलाई विपक्षी बनाउँदै प्रदेश अधिवेशनको प्रक्रिया रोक्न माग गरेर रिट दायर गरेका थिए।

​विपक्षी राप्रपा केन्द्रीय कार्यालयका तर्फबाट सर्वोच्च अदालतमा दायर भएको अर्को रिट निवेदन हाल अन्तरिम आदेशका लागि छलफलकै क्रममा छ। सर्वोच्च अदालतबाट त्यसबारे सुनुवाइ भएपछि मात्र पुनर्विचार गर्ने गरी हाललाई प्रदेश निर्वाचन रोक्ने आदेश यथावत् राखिएको उच्च अदालतले जनाएको छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क