इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रिय लोक सञ्चारकर्मीको बागमती प्रदेश शाखा विस्तार

काठमाडौं | राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले संगठनलाई सातै प्रदेशमा विस्तार गर्ने लक्ष्यअनुसार बागमती प्रदेशमा आफ्नो प्रदेश शाखा औपचारिक रूपमा विस्तार गरेको छ।

शनिबार काठमाडौंको नयाँबजारस्थित सगुन क्याफेमा आयोजित कार्यक्रममा संस्थाका केन्द्रीय उपाध्यक्ष हरि दुलालको अध्यक्षतामा बागमती प्रदेशको १७ सदस्यीय कार्यसमिति घोषणा गरिएको हो।

कार्यक्रममा संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतम, बरिष्ठ उपाध्यक्ष शुदर्शन आचार्य तथा सचिव एवं कर्णाली प्रदेश इन्चार्ज कमल सरगमको विशेष उपस्थिति रहेको थियो।

नवगठित बागमती प्रदेश कार्यसमितिको अध्यक्षमा विवोद श्रेष्ठ चयन भएका छन् । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा गीता शर्मा (एन्जिला), उपाध्यक्षमा शान्तना सापकोटा, सचिवमा अनिता कुमारी थापा मगर, सह–सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा सुमन अधिकारी तथा सह–कोषाध्यक्षमा सम्झना गौतम छन् ।

प्रवक्ता तथा प्रचार–प्रसार संयोजकको जिम्मेवारी भिम पौडेललाई दिइएको छ।

सदस्यहरूमा उत्तम आले, तीर्थ बस्नेत, आत्मराम थापा, किशोर गुरुङ, आर.पी. सापकोटा, रामकुमार तामाङ, बसन्त भण्डारी, विनोद श्रेष्ठ, कृष्ण न्यौपाने र अशोक श्रेष्ठ चयन भएका छन्।

कार्यक्रमका प्रमुख अतिथि तथा संस्थाका केन्द्रीय उपाध्यक्ष हरि दुलालले देशको मुटु मानिने बागमती प्रदेशबाट गठन भएको नयाँ नेतृत्वले बागमती प्रदेश मात्र नभई समग्र नेपाली लोकगीत–संगीतको संरक्षण, प्रवर्द्धन र उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

संस्थाका केन्द्रीय अध्यक्ष चन्द्रमणी गौतमले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै संस्थाको नीति, विधान र मर्यादाभित्र रही सक्रियतापूर्वक कार्य गर्न आग्रह गरेका छन्  ।

त्यसैगरी बरिष्ठ उपाध्यक्ष शुदर्शन आचार्य र सचिव कमल सरगमले पनि नवगठित समितिलाई बधाई तथा शुभकामना व्यक्त गर्दै लोकसंगीतको पहिचान उजागर गर्न सञ्चारकर्मीहरूको भूमिका निर्णायक हुने धारणा राखेका थिए ।

नवनियुक्त अध्यक्ष विवोद श्रेष्ठले संस्थालाई देशकै उत्कृष्ट लोक सञ्चारकर्मी संस्था बनाउने लक्ष्यसहित निरन्तर सेवा, सहकार्य र सकारात्मक सन्देश प्रवाह गर्दै संस्थाका गतिविधिहरूलाई सशक्त रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क