इन्फो नेपाल — सञ्चारको सञ्जाल

राष्ट्रिय सभामा बागमतीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित

मकवानपुर: राष्ट्रिय सभाका लागि मकवानपुरमा भएको ४ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । अन्तिम मतगणना अनुसार कांग्रेसका २, माओवादी केन्द्रका १ र एकीकृत समाजवादीका १ जना उम्मेदवार विजयी भएका हुन्। कांग्रेसकी विष्णुकुमारी पुडासैनी र जितजंग बस्नेत, माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र समाजवादीका घनश्याम रिजाल विजयी भएका छन । नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा दलिततर्फ विजयी भएका हुन् । बिहीबार भएको निर्वाचनमा रिजाल ६५१२ मतभारसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका धु्रवराज विकले ३०५२ मत प्राप्त गरेका छन् । महिला कोटातर्फ कांग्रेसकी विष्णुकुमारी पुडासैनी विजयी भएकी छन् । बिहीबार भएको निर्वाचनमा पुडासैनी ६६२२ मतभारसहित विजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी एमालेकी रोचकुमारी चौलागाईंले २५५२ मत ल्याएकी छन् । त्यस्तै, अपांगता कोटाबाट सत्ता गठबन्धनका श्रीकृष्ण अधिकारी विजयी भएका छन् । अधिकारी ६४३६ मतभारसहित विजयी भएका हुन् । अधिकारीका निकटतम प्रतिद्वन्द्वी एमाले विवेक देवकोटाले २७३४ मत ल्याएका छन् । अन्यतर्फ भने कांग्रेसका जितजंग बस्नेत विजयी भएका छन् । बिहीबार भएको निर्वाचनमा बस्नेत ६५३१ मतभारसहित विजयी भएका हुन् । उनका निकटतम प्रतद्वन्द्वी एमालेका त्रिलोचन निर्मल पौडेलले २५५९ मत ल्याएका छन् । निर्वाचनमा प्रदेशभरका ३ सय ४७ मतदातामध्ये ३ सय ४२ जनाले मतदान गरेका छन् । स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय ३७ जनामध्ये २ सय ३४ जना र प्रदेश सभाका सदस्यहरु १ सय १० जनामध्ये १ सय ८ जनाले मतदान गरेका हुन् । निर्वाचनमा स्थानीय तहका तीन जना प्रदेश सभा सदस्य दुई जना अनुपस्थित भएका छन् । बस्थानीयतर्फ ९८.७३ प्रतिशत र प्रदेशतर्फ ९८.१८ प्रतिशत मत खसेको थियो । राष्ट्रिय सभा सदस्यका लागि बागमतीबाट ४ सिटमा ६ दलका १५ जनाको उम्मेदवारी परेको थियो ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क