इन्फो नेपाल — सञ्चारको सञ्जाल

राेबटले यसरी बच्चा जन्माउन सक्छ

वैज्ञानिकहरुले पहिलाे जीवित राेबटले बच्चा जन्माउन सक्ने बताएका छन् । अमेरिकी वैज्ञानिकहरुले नै सृजना गरेकाे पहिलाे जीवित राेबट सेनाेबाेट्सले बच्चा उत्पादन गर्न सक्ने उनीहरुले दाबी गरेका हुन् । तर, राेबटकाे उत्पादन बाेटविरुवा र अन्य जनाबरहरुमा भन्दा फरक हुने उनीहरुकाे भनाई छ । हालै गरिएकाे एक अध्ययनमा उनीहरुले यस्ताे निस्कर्ष निकालेका हुन् । अफ्रिकाकाे एउटा भ्यागुताे सेनाेपाेस लेभिसबाट सृजना गरिएका सेनाेबाेट्स एक मिलिमिटरभन्दा पनि न्यून फराकिला छन् । प्रयाेगशालामा उनीहरु हिँडडुल गर्न र समूहमा काम गर्न सक्ने भएपछि ससाना बल्बहरुलाई सन् २०२० मा सार्वजनिक गरिएकाे थियाे । युनिभर्सिटी अफ भर्माउन्ट, टफ्टस युनिभर्सिटी र हावार्ड युनिभर्सिटीकाे वायस इन्स्टिच्युट फर बायाेलाेजिकल्लीका इन्जिनियरहरुले विरुवा वा जनाबरहरुमा भन्दा विल्कुलै फरक तरिकाकाे प्रजनन् विकास गरेकाे दाबी गरेका छन् । 'अ‌ाविश्कारबाट हामी अचम्म परेका छाैं',टफ्टस युनिभर्सिटीका प्राध्यापक तथा निर्देशक मिसेल लेभिन भन्छन् 'भ्यागुताहरुले सामान्य तरिकाले नै बच्चा जन्माउछन् । तर, उनीहरुकाे बाँकी भ्रुणबाट काेषहरुलाई हटाइदिने तथा नयाँ वातावरणमा छाेडिदिने हाे भने उनीहरु नयाँ ढ‌ंगले हिँडडुल गर्ने मात्र हाेइन, नयँ तरिकाले प्रजनन् समेत गर्छन् ।' उनी भन्छन् । राेबाेट कि जीव ? स्टिम सेल अनिश्चत काेष हुन् जसकाे विभिन्न प्रकारकाे काेषमा विकसित हुने क्षमता रहन्छ । सेनाेबाेट्स बनाउन अनुसन्धानकर्ताहरुले भ्यागुताेकाे भ्रुणकाे जीवित स्टिम काेषलाई नष्ट गरेर अन्डा निश्काशनका लागि छाेडिदिएका थिए । जीनलाई कुनै परिवर्तन गरिएकाे थिएन् । 'अधिकांशले याे साेच्छन् कि राेबट धातु र माटाेबाट बनेका हुन् । राेबट केबाट बन्छ भन्ने विषय गाैण हाे । बरु यसले के गर्छ भन्ने महत्त्वपूर्ण विषय हाे । ' प्राध्यापक तथा युनिभर्सिटी अफ भर्मन्टका विज्ञ जाेश बाेनगार्ड भन्छन् , 'बाहिरी रुपमा याे राेबट नै हाे तर वास्तविक रुपमा भन्नुपर्दा भ्यागुताेकाे काेषाबाट वंशानुगत रुपमा बनाइएकाे जीव हाे । ' करिव तीन हजार काेषबाट बनाइएका सुरुमा गाेलाकार देखिएका सेनाेबाेट्स नक्कल गर्न सकिने बाेनगार्ड बताउँछन् । तर, याे दुर्लभ र विशेष परिस्थितमा मात्र हुने उनकाे भनाई छ । सेनाेबाेट्सलाई अझै प्रभावकारी बनाउन कृत्रिम बाैद्धिकताकाे सहयाेगमा अनुसन्धानकर्ताहरुले अर्बै शरीरका आकारलाई परीक्षण गरेका थिए । परीक्षाण गर्न सुपरकम्प्युटरलाई सी अ‍ाकारमा ल्याइएकाे थियाे । त्याे अ‍ाकार सन् १९८० काे भिडियाे गेम प्याक मेनसँग मिल्दथ्याे । याे अध्ययन वैज्ञानिक जर्नल पीएनएएसमा प्रकाशित छ ।

सम्बन्धित समाचार

विद्यालय तहका बालबालिकालाई एआई साक्षरताको प्रमाणपत्र दिने इयूको योजना

काठमाडाैँ । युरोपेली सङ्घ (इयू) ले विद्यालय तहका बालबालिकालाई कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी ज्ञान र सीप प्रदान गर्न ‘एआई साक्षरता’ प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्ने भएको छ। त…

इन्फो डेस्क

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्वारा विदेशमा बस्ने नेपालीका लागि भाइटीकाको साइत सार्वजनिक

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले यस वर्षको तिहार (२०८३) अन्तर्गत विदेशमा बसोबास गर्ने सनातन धर्मावलम्बी नेपालीहरूका लागि भाइटीकाको साइत सार्वजनिक गरेको छ। ​समितिले विभिन्न द…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भारतको आन्ध्र प्रदेशमा चक्रवात ‘मुरासु’ प्रवेश, १ लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारियाे

काठमाडाैँ। भारतको आन्ध्र प्रदेशस्थित नेल्लोर र नरसपुरबीचको तटीय क्षेत्रमा चक्रवात ‘मुरासु’ प्रवेश गरेको छ। भारतीय मौसम विभागका अनुसार चक्रवातका कारण सो क्षेत्रमा तीव्र हावाहुरी र भ…

इन्फो डेस्क