इन्फो नेपाल — सञ्चारको सञ्जाल

रिलिज भएको २ महिनापछि ‘अन्तिम’ ले बनायो यस्तो दमदार रेकर्ड, अरु फिल्मले हत्तपत्त सक्दैन तोड्न

एजेन्सी : केही समयअघि भारतीय निर्देशक महेश मान्जरेकर(Mahesh Manjrekar)ले आफ्नो दमदार फिल्म ‘अन्तिम : द फाइनल ट्रुथ(Antim: The Final Truth)’ बाट धमाका मच्चाए र फिल्मले राम्रो प्रतिक्रिया पाएको थियो। सलमान खान(Salman Khan) र आयुष शर्मा(Aayush Sharma) को प्रमुख भूमिकामा बनेको यो फिल्म २६ नोभेम्बर २०२१ मा दुनियाँभर रिलिज भएको थियो। फिल्मले राम्रो प्रतिक्रिया पायो र बक्स अफिसमा पनि राम्रो प्रदर्शन गर्यो। र यो सन् २०२१ को सबैभन्दा धेरै कमाई गर्ने बलिउड फिल्म बन्यो। सर्वप्रथम यो फिल्मलाई थिएटर्समा रिलिज गरिएको थियो र बक्स अफिसमा राम्रो कलेक्सन पनि गरेको थियो। त्यसपछि फिल्म निर्माताले फिल्मलाई जी५(ZEE5) मा डिजिटल रिलिज गरेको थियो। डिजिटल रिलिजपछि फिल्मले शानदार रेकर्ड कायम गरेको छ, जुन रेकर्ड तोड्न अरु फिल्महरुलाई मुश्किल पर्नेछ। जी५ मा यो फिल्म बिना रोकावट ३७ करोड भन्दा बढी मिनेट स्ट्रिम भएको छ। यसअघि कुनै पनि फिल्म लगातार यति धेरै मिनेटसम्म स्ट्रिम भएको थिएन्। आयुष शर्मा र मेगास्टार सलमान खानको भूमिकालाई फ्यानहरुले निकै मन पराएका छन् । यो फिल्म २०२१ को सबैभन्दा धेरै स्ट्रिम गरिएको चलचित्र साबित भएको छ। महेश मान्जरेकरद्वारा निर्देशित ‘अन्तिम : द फाइनल ट्रुथ’ मा सलमान खान, आयुष शर्मा र महिमा मखवाना मुख्य भूमिकामा छन्।

सम्बन्धित समाचार

चितवनमा ‘पार्वती’को पत्रकार भेटघाट, भदौ १२ देखि देशभर प्रदर्शनमा आउँदै

चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…

इन्फो नेपाल संवाददाता

भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक

काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…

इन्फो नेपाल संवाददाता