इन्फो नेपाल — सञ्चारको सञ्जाल

काम गरिरहेको अवस्थामा गाडीले किचेर एक मजदुरको मृत्यु

बारा । जगदम्बा स्टिल बारामा एक जना मजदुरको मृत्यु भएको छ । सिमरा स्थित जगदम्बा स्टिलमा बुधवार स्थानीय वडा – २ का २५ वर्षीय उज्जवल कार्कीको मृत्यु भएको हो । उधोग परिसरमा रहेको प्रदेश ०२–०३–००१ ख ५९६ नम्बरको लहरीको छेउमा काम गरिरहेको अवस्थामा सोही गाडीले किचेर कार्कीको मृत्यु भएको हो । सिसिटिभी फुटेजको आधारमा लहरीले किचेर घटनास्थल मै कार्कीको मृत्यु भएको र उनीसँगै रहेका अर्का मजदूर भागेर ज्यान जोगाउन सफल भएको प्रत्यक्ष देख्न सकिने इलाका प्रहरी कार्यालय सिमराका प्रमुख नायव उपरीक्षक प्रदिप बहादुर क्षेत्रीले जानकारी गराएका छन् । फुटेजमा प्रत्यक्ष देख्न सकिन्छ एक जनाले गाडि चलाएको गाडि अनियन्त्रित हुदा केही पर बसेका मजदुरहरू माथि चढेको थियो । मजदूर माथि गाडी चढ्दा उधोगमा हल्लाखल्ली भए पछि गाडी हाक्ने ओर्लेर भागेका थिए । सिटिटिभी फुटेजमा खलासीले गाडी चलाएको प्रत्यक्ष देख्न सकिन्छ । जगदम्बा स्टिल उधोगको लापरवाहीले कहीले भट्टी पडकेर त कहिले छड लोडिङ्ग अनलोडिङ्गमा मजदुरको मृत्यु हुने गरेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क