इन्फो नेपाल — सञ्चारको सञ्जाल

लागुऔषधबारे प्रभु साहको प्रश्न - संलग्न व्यक्तिमार्फत फेरि बजार पठाउने ठूलो व्यापार त होइन?

रौतहट | आम जनता पार्टी (आजपा) अध्यक्ष एवम् सांसद प्रभु साहले लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको जवाफ माग गरेका छन्।

लाखौं युवाहरू लागुऔषध दुव्र्यसनीमा परेको तर त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको टिप्पणी उनको छ। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले नेपालका लाखौं युवा लागुऔषध दुर्व्यसनमा परेको तर यसको नियन्त्रण सरकारले गर्न नसकेको हो कि नियन्त्रण गर्ने गरी काम नगरेको हो भन्ने आशंका समेत व्यक्त गरे।

‘लागुऔषधको स्रोत के हो? समातिएको नष्ट गरिएको भनिन्छ। नष्ट गरिएको भए कहाँ भएको छ? कतै यो रिसाइक्लिङ त भइरहेको छैन? समात्नमा संलग्न व्यक्तिमार्फत फेरि मार्केटमा पठाउने र यसमा ठूलो व्यापार त भइरहेको छैन? यसको वास्तविकताबारे अवगत गराउन माग गर्न चाहन्छु,’ साहले भने, ‘यस विषयमा गृहमन्त्रीले जवाफ दिनुपर्छ। संसदलाई जानकारी गराउनुपर्छ।’

लागुऔषधको दुर्व्यसनीले कलिला बालबालिकाको भविष्यसँग व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई नकारात्मक असर परिरहेको बताउँदै उनले कानुनले प्रतिबन्धित गरेको लागुऔषध खुलेआम रूपमा बेचबिखन भइरहेको भन्दै सरकारको ध्यानाकार्षण गराए।

‘नेपालका लाखौं युवाहरू लागुऔषध दुर्व्यसनको शिकार भएका छन्। भर्खरका कलिला बच्चाहरू लागुऔषधको लतमा अगाडि बढिरहेको हामी हेरिरहेका छौं। हजारौं घर बर्बाद भएको छ। व्यक्ति, घरपरिवार, समाज र राष्ट्रलाई नकारात्मक असर पार्ने यसको नियन्त्रण किन भइरहेको छैन। नेपालको कानुनले प्रतिबन्ध गरेको लागूऔषध बेचबिखन, बिक्री वितरण खुलेआम पाइरहेको स्थिति छ। यो किन भइरहेको हो? यसमा गृहमन्त्रीको जवाफ चाहन्छौं,’ साहले भने।

लागुऔषध नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी प्रशासनको भूमिकामाथि समेत साहले प्रश्न उठाएका छन्। उनले वर्षौंदेखि राज्यको संयन्त्र लागुऔषध नियन्त्रणमा खटिए पनि प्रभावकारिता नदेखिएको बताए। लागुऔषध कहाँबाट र कसले प्रवाह गरिरहेको छ भन्ने कुरा जान्न चाहेको बताए। साथै, समातिएको लागुऔषध पुन: बजारमा गएको हुनसक्ने उनको आशंका छ। अध्यक्ष साहले प्रहरीले नियन्त्रणमा लिएको लागुऔषध कहाँ र कस्तो अवस्थामा, कति छ भन्ने कुरा जानकारी गराइनुपर्ने बताए।

उनले यदि नष्ट गरिएको हो भने कुन मितिमा, कहाँ नष्ट गरिएको हो? भन्दै उनले सोको विवरण माग गरे।

‘यसको नियन्त्रणको जिम्मा पाएका छन्, कहीँ न कहीँ तिनीहरू यसमा संलग्न छन्। यत्रो वर्षदेखि राज्यको ठूलो संयन्त्र काम गरिरहेको छ, हामी जान्न चाहन्छौं, लागुऔषधको स्रोत के हो? कहाँबाट लागुऔषध प्रवाह हुन्छ? त्यो किन पत्ता लगाउन सकिएको छैन,’ साहले भने, ‘अहिलेसम्म जति पनि लागुऔषध समातिए, त्यसको स्टोर कहाँ हुन्छ? नष्ट हुन्छ कि त्यसको स्टोर हुन्छ? नष्ट भएको हो भने कति नष्ट भएको हो? कहिले नष्ट भएको हो? यदि स्टोर भएको छ भने कहाँ स्टोर भएको छ? र कति स्टोर छ? हामी जान्न चाहन्छौं। मान्छेहरूको आशंका छ, लागुऔषध कहीँ रिसाइक्लिङ त भइरहेको छैन। त्यसमा संलग्न व्यक्तिहरूले फेरि माकेर्टमा पठाउने व्यापार त गरिरहेको छैन? भन्ने गम्भीर आशंका उत्पन्न भइरहेको सन्दर्भमा नेपाली जनतालाई जानकारी गराउन म आग्रह गर्न चाहन्छु।’

पूर्वप्रहरी अधिकारीहरूले सुधार गृह सञ्चालन गरिरहेको र त्यसको बढ्दोत्तरी रहेको बताउँदै उनले लागुऔषधको मुहान पत्ता लगाउन नसक्नु र रोकथाम प्रभावकारी नहुनु मुलुकका लागि दुर्भाग्य हुने बताए। लागुऔषध नियन्त्रण सम्बन्धी कानुन असाध्यै पुरानो भएको भन्दै उनले यसबाट समाधान ननिस्कने बताए। अध्यक्ष साहले पहिला सहर बजारमा रहेको लागुऔषध दुर्व्यसनीको विकराल अवस्था अहिले गाउँ–गाउँमा पुगेको बताए।

‘पूर्व प्रहरी अधिकारीहरु जसले सुधार गृह सञ्चालन गरिरहेका छन्, ठाउँ–ठाउँको सुधार गृहमा बढोत्तरी हुने र त्यसको मुहान पत्ता लगाउन नसक्ने, त्यसको रोकथाम हुन नसक्ने, नियन्त्रण हुन नसक्ने र व्यापार भइराख्ने जो कन्डिसन छ, यो बिडम्बनापूर्ण र दुर्भाग्यपूर्ण छ। यसको रोकथामको लागि म माग गर्न चाहन्छु,’ साहले भने।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क