इन्फो नेपाल — सञ्चारको सञ्जाल

लागुपदार्थ सेवनमा युवाको संख्या बढ्दोः अध्यक्ष मुक्तान

कैलाश | मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागुपदार्थ सेवनमा युवावर्गको संख्या बढ्दो रुपमा रहेको बताएका छन् । सोमबार कैलाश ९ मा रहेको कालिका माविमा आयोजित लागुऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै प्रयोगकर्तामा युवावर्गको संख्या बढिरहेको बताए ।

गाँजाभन्दा पनि अफिमबाट उत्पादित ब्राउन सुगर प्रयोगमा युवाको संख्या वृद्धि भइरहेको उनले बताए । लागुपदार्थ प्रयोग न्यूनिकरणमा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ, कच्चापदार्थ उत्पादित क्षेत्रको रुपमा गाउँपालिका चिनिरहेको अवस्थामा सयौं नागरिक भरियाको रुपमा समातिरहेका छन्, त्यसलाई पनि न्यूनिकरण गर्न बालबालिका, विद्यार्थीहरु लक्षित कार्यक्रम गरि अभिभावकलाई सचेत गराउन लागिएका हौैैँ, अध्यक्ष मुक्तानले भने ।

लागुऔषधले स्वास्थ्यमा असर पर्नुका साथै कानुनी उपचारले जीवनशैलीमा समेत असर पर्नेछ, चुरोटखैनीबाट सुरु भएको कुलत गाजाँहुँदै ब्राउनसुगर सम्म पुग्ने उनले बताए । पछिल्लो समय किशोरमात्र नभई किशोरीहरु पनि प्रयोगकर्ताको रुपमा बढ्दै गइरहेको अवस्था रहेको छ । गाँजा र अफिमको विकल्पमा तरकारी तथा अन्य बाली लगाउनुपर्नेमा उनले जोड दिए । सकरात्मक सोच गरौँ कुलतमा नफसौ भन्ने सन्देश दिनका लागि गाउँपालिकाले यस कार्यक्रम आयोजना गरेको उनले बताए ।

गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर रिकभरिङ समूहको आयोजनामा सचेतनामूलक कार्यक्रम भएको हो । समूहका प्रवन्धक निर्देशक संदीप शाक्यको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयका प्रअ रामप्रसाद कालाखेती, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । समूहले कैलाशका ६ वटा माध्यामिक विद्यालयमा उक्त सचेतना कार्यक्रम गर्नेछन् । सोमबार नै कैलाश १० मा रहेको रत्न ज्योति माध्यामिक विद्यालयमा समेत कार्यक्रम सञ्चालन गरिएको थियो ।

सम्बन्धित समाचार

मकवानपुरका पाँच गाउँपालिकासहित हेटौँडामा विद्यालय बन्द

हेटौँडा, ८ असोज । भारी वर्षासँगै बाढी, पहिरो तथा खोला–खहरेमा पानीको बहाव बढ्न सक्ने जोखिमलाई ध्यानमा राख्दै मकवानपुरका पाँच गाउँपालिका र हेटौँडा उपमहानगरपालिकाले विद्यालय बन्द गर्न…

इन्फो डेस्क

भोटेकोसी बाढीपीडितका लागि कैलाशले पाँच लाख दिने

कैलाश | मकवानपुरको कैलाश गाउँपालिकाले रसुवा जिल्लामा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउन प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५ लाख रुपैय…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

कैलाशमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीसम्बन्धी तालिम सुरु

कैलाश। मकवानपुरको कैलाश गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीलाई लक्षित गरी तीनदिने स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआईएस) सम्बन्धी तालिम सुरु भएको छ। प्रेम सेवा समाजको आयोजना…

इन्फो नेपाल संवाददाता