इन्फो नेपाल — सञ्चारको सञ्जाल

वडाध्यक्षले बाँडे २ वर्षको तलब, वृद्धवृद्धा र असहायलाई मद्दत

कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्षले आफ्नो २ वर्षको तलबभत्ता वृद्धवृद्धा र असहायलाई वितरण गरेका छन् । वडाध्यक्ष आशिफ कुंवर (भुन्टु)ले यसै साता आफ्नो वडाभित्रका सबै वृद्धवृद्धा र अपांगता भएकाहरुलाई वडा कार्यालयबाटै तलब वापतको ३ लाख ९२ हजार रुपैयाँ वितरण गरेका हुन् ।यस्तै ७० वर्ष पूरा भएर पनि नागरिकताका आधारमा सामाजिक सुरक्षा भत्ता पाउनबाट बञ्चित रहेकाहरुलाई पनि वडाध्यक्ष कुंवरले आर्थिक सहयोग गरेका हुन् । नागरिकतामा ७० वर्ष नपुगेका तर वास्तविक उमेर ७० पूरा भएका १५ जनालाई १५ सयका दरले र सामाजिक सुरक्षा भत्ता बुझ्ने १ सय २७ जनालाई ३ हजारका दरले दसैंको अवसरमा सोमबार रकम वितरण गरेका हुन् । यस्तै पूर्ण अपांग भएका २४ र दृष्टिविहीन २ गरी २६ जनालाई दुई/दुई हजार रकम वितरण गरेका हुन् ।अध्यक्ष कुंवरले स्थानीय तहको निर्वाचका बेला मत माग्दा गरेको प्रतिवद्धता अनुसार नै तलब भत्ता वितरण गरेको बताएका छन् । उनले यसअघि पनि वृद्धवृद्धा र अपांगता भएकाहरुलाई आफ्नो तलब वितरण गरेका थिए । तर पछिल्लो पटक कोरोना संक्रमणका कारण दुई वर्षदेखि वितरण हुन नसकेको रकम अहिले एकैपटक वितरण गरिएको उनले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क