इन्फो नेपाल — सञ्चारको सञ्जाल

वडाध्यक्ष तिमल्सिनाको सुत्केरी भेटघाट कार्यक्रम

मकवानपुर: मकवानपुरको पुर्बी भेगमा रहेको बागमती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष इन्द्रमणि तिमल्सिनाले सुत्केरी भेटघाट कार्यक्रम सुरु गरेका छन् । उनले आफ्नै खर्चमा सुरु गरेको सुत्केरी भेटघाट कार्यक्रममा सुत्केरी भेट्ने र पोषण सामाग्री वितरण गर्ने गरेका छन् । उनले आज पनि एक सुत्केरी महिलाई भेटेर पोषण सामग्री वितरण गरेका छन् । शनिबार वडाको ठोटरे खोलाकी सुत्केरी जमुना न्यासुर दोङलाई पोषण साम्रगी वितरण गरका हुन् । दोङ करिब १५ दिन घि सुत्केरी भएकी थिइन् । अस्पतालमा उपचारपछि डिस्चार्ज दोङलाई शनिबार वडाध्यक्ष तिमल्सिनाले घरमै पुगेर ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री वितरण गरेका हुन् । यसअघि पनि वडाध्यक्ष तिमल्सिनाले वडाभित्रका एक सुत्केरी महिलालाई पोषण सामग्री वितरण गरेका थिए । तिमल्सिनाले ५ हजार रुपैयाँ बराबरको लोकल कुखुरा, चामाल, तोरीको तेल, मसलाहरु र सरसफाइका सामग्री वितरण गरेका हुन् । सुत्केरीअवस्थामा पौष्टिक आहारको आवश्यकता देखिएपछि आफुले यो अभियानलाई सुरु गरेको उनि बताउछन । वडाभित्रका केही परिवार आर्थिक अवस्थाका कारण सुत्केरीअवस्थामा पनि पोषणका सामग्री किन्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै आफुले केही भएपनि राहत होस भनेर व्यक्तिगत खर्चबाट पोषण सामग्री वितरण गरेको उनले बताए । उनले यो वर्ष वडाभित्रका सम्पूर्ण सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिने बताएका छन् । स्वास्थ्य चौकीबाट लिएको डाटा अनुसार वडाभित्र वार्षिक ५० जनाभन्दा माथिको संख्यामा सुत्केरी हुने गरेको र यस वर्ष आफ्नै खर्चबाट सामाग्री वितरण गरिने उनले बताए ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क