इन्फो नेपाल — सञ्चारको सञ्जाल

२७ किलो गाँजासहित वडा अध्यक्ष पक्राउ

मकवानपुर : मकवानपुरको थाहा नगरपालिका- ७ का वडा अध्यक्ष शिवराज थिङ आफ्नै घरबाट २७ किलो लागूऔषध गाँजासहित पक्राउ परेका छन् । आफ्नै घरबाट लागूऔषध गाँजा बिक्री वितरण गरेको भन्ने सूचनाका आधारमा प्रहरीले वडा अध्यक्ष शिवराजसँगै उनका बाबु र छिमेकीलाई गरि २०२ किलो गाँजासहित पक्राउ गरेको छ ।सोमबार बिहान लागूऔषध नियन्त्रण व्युरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वडा अध्यक्ष थिङसहित उनका बाबु ७६ वर्षीय भीमबहादुर थिङ र छिमेकी ६७ वर्षीय ईन्द्रबहादुर थिङ रहेका छन् । शिवराजको घरबाट ३० वटा पोकामा २७ किलो गाँजा र ईन्द्रबहादुरको घरबाट १० वटा बोरामा १७५ किलो गरी जम्मा २०२ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय पालुङ ल्याइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क