इन्फो नेपाल — सञ्चारको सञ्जाल

वर्षको ६ पटकसम्म घरेलु मदिरा उत्पादन गर्न पाइने!

मकवानपुर: वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न पाइन आन्तरिक राजस्व कार्यालय मकवानपुरले जनाएको छ ।

मंगलबार राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०८०को अवसरमा आन्तरिक राजस्व कार्यालय मकवानपुरले गरेको पत्रकारसँग अन्तरक्रियाको क्रममा वर्षको ६ पटकसम्म तोकिएको मात्रामा घरेलु मदिरा उत्पादन गर्न पाइन कार्यालयका कर अधिकृत गुणराज भण्डारी जानकारी दिए । कर अधिकृत भण्डारीका अनुसार चाडबाड, रीतिरिवाज र संस्कृतिका लागि वर्षको ६ पटक एकपटकमा ५ लिटरसम्म रक्सी र १० लिटरसम्म जाँड बनाउन पाईने छ । मदिरा उत्पादन गर्ने व्यक्तिले  त्यसको सूचना अन्त:शुल्क अधिकृतलाई दिनुपर्ने व्यवस्था रहेको पनि भण्डारीले बताए । घरेलु मदिरा उत्पादन गर्नेले वर्षभरिमा ३० लिटर मदिरा र ६० लिटर जाँड उत्पादन गर्न पाउँछन् । यो परिमाण हेर्दा इच्छुकहरूले दैनिक ८३ मिलिलिटर मदिरा र १ सय ६५ मिलिलिटर जाँड घरेलु रूपमा उत्पादन गरी खपत गर्न पाउनेछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क