इन्फो नेपाल — सञ्चारको सञ्जाल

वागमती प्रदेशका शीत भण्डार योजना अलपत्र

हेटौंडा | वागमती प्रदेश सरकारद्वारा लगानी गरिएका एक दर्जन शीत भण्डार योजनाहरू अलपत्र परेको पाइएको छ। प्रदेश सरकारले गत ६ वर्षदेखि स्थानीय तह, सहकारी र निजी क्षेत्रको साझेदारीमा ९ जिल्लाका १२ स्थानमा शुरू गरेका १ अर्ब ६ करोड लागतका यी परियोजनाहरू विभिन्न चरणमा अधुरो रहेका छन्।

प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार ६ वटा शीत भण्डार निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेका छैनन्। ४ वटा अधुरो अवस्थामा छन् भने २ वटाको निर्माण कार्य अझै शुरू हुन सकेको छैन।

यी योजनाहरू २०७६ सालमा तीन चरणमा शुरू गरिएका थिए र एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड-१९ महामारी लगायतका कारणले गर्दा निर्माण कार्य लम्बिएको छ।

निर्माण सम्पन्न भएका शीत भण्डारहरू पनि विभिन्न कारणले सञ्चालनमा आउन सकेका छैनन्। केही स्थानमा जग्गा विवाद, विद्युत जडान समस्या र साझेदार संस्थाहरूलाई हस्तान्तरण नहुनु जस्ता समस्याहरू देखिएका छन्।

मन्त्रालयका निमित्त सचिव भरतप्रसाद बिडारीका अनुसार केही योजनाहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन चलिरहेको कारण भुक्तानी र हस्तान्तरण प्रक्रिया अघि बढ्न नसकेको बताए।

यी शीत भण्डारहरू सञ्चालनमा आउन नसक्दा स्थानीय किसानहरूले आफ्ना उत्पादन भण्डारण गर्न पाएका छैनन्। यस्तो अवस्थाले प्रदेश सरकारको कृषि क्षेत्र विकास योजनामा ठूलो असर परेको छ।

सम्बन्धित समाचार

आइतबारसम्म धान नकाट्न जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडाैँ । मौसममा आउने बदली र वर्षाको सम्भावनालाई दृष्टिगत गर्दै जल तथा मौसम विज्ञान विभागले किसानहरूलाई आइतबारसम्म पाकेको धान नकाट्न आग्रह गरेको छ। आज दिनभरजसो देशभर मौसम बदली भई…

इन्फो डेस्क

शिक्षण पेसाबाट व्यावसायिक कृषिमा फड्को : हेटौँडाका फेन्चु लामाको वार्षिक ३६ लाखको उत्पादन

हेटौँडा । उच्च शिक्षा हासिल गरेपछि अधिकांश युवाको रोजाइ जागिर वा वैदेशिक रोजगारी बन्ने गरेको छ। तर मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३, पदमपोखरी आदामारका ३७ वर्षीय फेन्चु लामाले श…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

आज विश्व स्कुल दूध दिवस मनाईंदै

मकवानपुर । आज (सेप्टेम्बर ३०) 'विश्व स्कुल दूध दिवस' विभिन्न कार्यक्रम गरी मनाइँदै छ। विद्यालयमा दूधको महत्त्वबारे चेतना फैलाउने र बालबालिकालाई दूध सेवनमा प्रोत्साहन गर्ने उद्देश्य…

इन्फो डेस्क