इन्फो नेपाल — सञ्चारको सञ्जाल

विद्युत महसुल नतिरेपछि गाउँपालिका कार्यालय अन्धकार, अधिकांश सेवा अवरुद्ध

मकवानपुर: मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले विद्युतको महसुल नतिरेपछि विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले लाइन काटिदिएको छ । तीन महिनाभन्दा लामो समयदेखि विद्युत बक्यौता बाँकी राखेपछि प्राधिकरणले मकवापनुरगढी गाउँपालिकाको विद्युतको लाइन काटिदिएको हो । मकवानपुरगढी गाउँपालिका कार्यालयमा तीन दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा पालिकाबाट प्रवाह हुने अधिकांश सेवा अवरुद्ध हुँदै आएको छ । सेवा अवरुद्ध हुँदा तीनदेखिनै सेवाग्राहीहरु खाली हात फर्किनु परेको गुनासो रहेको छ । विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रले एक सुचना जारी गरी मकवानपुरगढी गाउँपालिकाले १ लाख ९९ हजार ८२६ रुपैयाँ २४ पैसा बक्यौता तिर्न बाँकी देखाएकोले गढी गाउँपालिका सहितका एक सय ग्राहकहरुको लाइन काटिदिएको जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क