इन्फो नेपाल — सञ्चारको सञ्जाल

विराटनगर महानगरमा नागेश कोइरालाको अग्रता कायमै, १७ सय बढीको मतान्तर

सुनसरी / मोरङ जिल्लाको विराटनगर महानगरपालिकाको जारी मतगणनामा नेपाली काङ्ग्रेसका उम्मेदवार नागेश कोइरालाले अग्रता कायमै रहेको छ । पछिल्लो मत परिणाम अनुसार नागेश कोइरालाले ७,५९१ मत प्राप्त गर्दा यता, एमाले उम्मेदवार सागर थापाले ५,८२४ मत प्राप्त गरेका छन् । सागर भन्दा नागेश १,७६७ मतले अगाडि छन् । उनले एमालेका उम्मेदवार सागर थापासँग अग्रता बढाएका हुन् । यता, मेयरका स्वतन्त्र उम्मेदवार उमेश यादवले २,५४४ मत प्राप्त गर्दा राप्रपा उम्मेदवार प्रहलाद प्रसाद साहले १,४५० मत प्राप्त गरेका छन् । लोसपा उम्मेदवार मृत्युनजय कुमार मिश्रले १४७ मत पाएका छन् । त्यस्तै, विराटनगर महानगरपालिका उपप्रमुख उम्मेदवार शिल्पा कार्कीले ६,३३३ मत प्राप्त गरेकी छन् । उपमेयरमा जसपा उम्मेवार अमरेन्द्र यादवले ४२३७ मत प्राप्त गरेका छन् भने अमरेन्द्र भन्दा शिल्पा २ हजार ९६ मतले अगाडि छन् । त्यसैगरी, उपप्रमुखमा राप्रपाका उम्मेदवार विन्दाकुमारी लुइटेल आचार्यले १,८०७ मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार नमिता न्यौपानेले १,४८६ मत प्राप्त गरेकी छन् । लोसपा उम्मेदवार सहनाज खातुनले १९० मत प्राप्त गरेकी छन् ।

सम्बन्धित समाचार

निर्वाचनका बेला लगातार ७ दिन सार्वजनिक बिदा

काठमाडौँ | फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले सरकारलाई तीन दिन सार्वजनिक बिदा दिन सिफारिस गरेको छ। आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप…

इन्फो नेपाल संवाददाता

ओली भन्छन् ‘रास्वपाले चुनाव भाँड्न खोज्यो’, प्रचण्ड भन्छन् ‘इतिहासले पन्छाएकाहरूले भ्रम फैलाइरहेका छन्’

काठमाडौं/झापा | प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा सत्तारूढ नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताहरूले चुनाव बिथोल्ने प्रयास भइरहेको दाबी गर्दै सुरक्षा, शान्ति र न…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

रास्वपाले चुनाव भाँड्न खोजिरहेको छ : अध्यक्ष ओली

झापा | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन भाँड्ने र बिथोल्ने दिशातर्फ गतिविधि बढाएको आरोप लगाएका छन्। शनिबार झापाको भद्रपुर विम…

इन्फो नेपाल संवाददाता