अभिनेता सलोन बस्नेत प्रेमिका करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिएका छन् ।
सोमबार चन्द्रागिरि रिसार्टमा परिवार, आफन्त र फिल्मकर्मीहरुको उपस्थितिमा उनीहरुले लगनगाँठो कसेका हुन् । यतिबेला उनीहरुको चन्द्रागिरी हिल्स रिसोर्टमा विवाह भइरहेको छ ।
करिश्मा पेशाले एयर होस्टेस् हुन् । सलोन र करिश्मा तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले ‘यति माया गर्दा पनि’ बोलको एक म्यूजिक भिडियोमा अभिनय समेत गरेका छन् ।
करिश्माले बर्षा राउत र संजोग कोइरालाले दरबारमार्गमा सञ्चालन गरेको कोरियन रेष्टुरेन्ट ‘जेजु डो’ मा लगानी पनि गरेकी छन् । विहान १० बजेतिर बेहुली लिनका लागि चन्द्रागिरीस्थित निजी निवासबाट जन्तीसहित सलोन केवलकार चढेर चन्द्रागिरी हिल्स रिसोर्टमा पुगेका थिए ।
चितवन | चितवनमा नेपाली चलचित्र ‘पार्वती’को पत्रकार भेटघाट तथा प्रचारप्रसार कार्यक्रम आयोजना गरिएको छ। निर्माण पक्षले चलचित्रको विषयवस्तु, कलाकार तथा प्रदर्शन तयारीबारे सञ्चारकर्मीह…
काठमाडौँ । आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पार्वती’को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले बिहिबार पत्रकार सम्मेलनमार्फत रिलिज गरेको हो। यस ट्रेलरलाई दर्शकले ओएस…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाडौं । आगामी भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पार्वती’ले प्रदर्शनअघि नै अन्तर्राष्ट्रिय बजारमा सफलता हात पारेको छ। निर्माण पक्षका अनुसार फिल्मको अमेरिका प्रदर…