इन्फो नेपाल — सञ्चारको सञ्जाल

विश्वकप फुटबल आजदेखि सुरु, टिभमा यसरी हेर्न सकिने

काठमाडौँ । हिमालय टेलिभिजन नेटवर्कले आफ्नो दोस्रो च्यानल ‘हिमालय प्रिमियम’ एचडी टेलिभिजनको प्रसारण सुरु गरेको छ । फिफा विश्वकप २०२२ को प्रत्यक्ष प्रसारणको अवसर पारेर नेटवर्कले नयाँ प्रिमियम च्यानलको शुभारम्भ गरेको हो । हिमालय प्रिमियम, नेपालका लागि फिफा विश्वकप २०२२ को एक्सक्लुसिभ टेलिभिजन प्रसारक हो । नेपालभित्र विश्वकपका सबै खेल हिमालय प्रिमियम र हिमालय टिभी एचडीबाट मात्र हेर्न सकिनेछ । पहिलो पटक विदेशी च्यानलहरूलाई नेपालमा विश्वकप प्रसारण निषेध गरिएको छ । नेपालका अधिकांश च्यानल फ्रि टु एयर अर्थात् निःशुल्क प्रसारण भइरहेका बेला हिमालय प्रिमियम ‘पे च्यानल’ अर्थात् सशुल्क च्यानलका रूपमा प्रसारण सुरु भएको छ । पे च्यानल बिजनेस मोडल अन्तर्गत पहिलो पटक फिफा विश्वकप २०२२ का खेलहरू यो टेलिभिजनमार्फत शुल्क तिरेर हेर्न सकिने छ । हिमालय प्रिमियममा विश्वकप प्याकेज खरिद गर्न आफ्ना केबल सेवा प्रदायकमा सम्पर्क गर्नुपर्ने छ । विश्वकप फुटबल २०२२ आजदेखि कतारमा सुरु हुँदै छ । उद्घाटन खेलमा आयोजक कतार र इक्वेडरबीच प्रतिस्पर्धा हुँदैछ ।

सम्बन्धित समाचार

एनपीएलको इलिमिनेटरमा आज चितवन र काठमाण्डौ खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटर खेलमा आज चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ। खेल बेलुका ५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशाल…

इन्फो डेस्क

बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघ दर्ता छैनन्, पटक–पटकको सूचना बेवास्ता

मकवानपुर । बागमती प्रदेश खेलकुद विकास परिषद्मा अधिकांश खेल संघसंस्थाले दर्ता, आबद्धता तथा नवीकरण प्रक्रिया पूरा गरेका छैनन्। पटक–पटक सूचना जारी गरे पनि संघहरूले बेवास्ता गरेपछि परि…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

एनपीएलको पहिलो क्वालिफायरमा आज लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यो खेल बेलुकी ५ बजे कीर्तिपुरको त्रिवि अ…

इन्फो डेस्क