इन्फो नेपाल — सञ्चारको सञ्जाल

वीरगञ्जका मेयर सरावगीसँगै जनप्रतिनिधि को-को प्रवेश गरे एमालेमा ?

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी नेकपा एमाले प्रवेशका लागि शीर्ष नेताहरुसँग वार्तामा छन् भन्ने समाचार आए पनि प्रवेशको मिति तोकिएको थिएन । शनिबार बारातर्फ लागेका अध्यक्ष केपी शर्मा ओली अचानक पर्साको पर्सौनी विर्तामा पुगे, जहाँ सरावगीसहित उनको टिमलाई एमाले प्रवेश गराउने कार्यक्रम अकस्मात राखिएको थियो । मेयर सरावगीसँगै दुईजना वडाध्यक्ष, जिल्ला समन्वय समितिका सदस्य र केही वडा सदस्य तथा नगर कार्यपालिका सदस्यहरु एमाले प्रवेश गरेका छन् । शनिबार सरावगीसँगै एमाले प्रवेश गर्नेमा वडा नम्बर १४ का वडाध्यक्ष भर कुर्मी,२५ का बृजलाल पटेल र जिल्ला समन्वय समितिका सदस्य आमोद यादवसहितका जनप्रतिनिधिहरु रहेका छन् । अचानक कार्यक्रम तय भएकाले अन्य वडाध्यक्ष र नेताहरु प्रवेश गर्न नपाएको भन्दै मेयर सरावगीले चाँडै अर्को कार्यक्रम आयोजना हुने बताए । उनले जसपाले जातीय राजनीति त्याग्न नसकेको र केपी ओलीको नेतृत्वमा मात्र समृद्धिको यात्रा सफल हुने देखिएपछि आफू अन्तिममा एमाले प्रवेश गरेको बताए । उनले आफू कांग्रेस प्रवेश गर्ने कि भन्ने सोचमा रहे पनि त्यहाँ अन्तर्घातको खेल हुने भएकाले एमाले नेता तथा पूर्वमन्त्री मोति दुगडले आफूलाईबीच बाटोबाटै एमालेमा लगेको बताए ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क