सुनसरी - गत वैशाख ३० गतेदेखि बेपत्ता भएकी इटहरी १५ की १६ बर्षिया बालिका अस्मिता चौधरीको भारतको पञ्जाब राज्यको सीमा क्षेत्रबाट उद्वार गरिएको हो ।
नेपाल प्रहरी, भारतको एन्टी ट्राफिकिङ सेल, भारतीय प्रहरी र साना हात संस्थाको समन्वयमा बालिकालाई उद्वार गरिएको हो । उनलाई लिन इटहरीबाट आफन्त र प्रहरी भोलि बुधबार भारत जादैँछ । चौधरीलाई अहिले भारतकै एक सेफ हाउसमा राखिएको छ । उनको स्वास्थ्य अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।
परिवारका अनुसार आफ्नै काका लालु चौधरीले अस्मितालाई झारफुक गर्ने झाक्रीसँग फूलपाती सेलाउन कोशी नदी जान करकाप गरेको र विराटनगरका झारफुक गर्ने दिनेश मण्डलले बाइकमा राखेर कोशी लगेका थिए ।
सोही दिन वैशाख ३० गतेदेखि उनी घर नआएकाले खोजीका लागि परिवारले अपिल गरिएको थियो । इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रवीन्द्र थापाका अनुसार बालिकाका काका लालु प्रहरीले हिरासतमा छन् ।
काठमाडाैँ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा दुईवटा हेलिकोप्टर एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजना विदेशी नागरिकको मृत्यु भएको छ। फेरिचे हेलिप्याडमा अव…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
काठमाण्डाैँ । निरन्तरको वर्षाका कारण सुनसरीस्थित सप्तकोशी नदीमा बाढीको खतरा उच्च बनेपछि कोशी ब्यारेजका ३१ वटा ढोका खोलिएका छन्। नदीमा जलसतह खतराको बिन्दु नाघेपछि जोखिम न्यूनीकरणका…