इन्फो नेपाल — सञ्चारको सञ्जाल

व्यक्तिगत खर्चमा सुत्केरीलाई पोषण सामग्री उपलब्ध गराउँदै वडाध्यक्ष तिमल्सिना

मकवानपुर: पुर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष इन्द्रमणि तिमल्सिनाले वडाभित्रका सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गर्न सुरु गरेका छन् । शनिबार वडाभित्रका दुई दिनदेखि सुत्केरी भएकी माइली माया लोप्चनलाई घरमै पुगेर वडाध्यक्ष तिमल्सिनाले करिब ५ हजार रुपैयाँ बराबरको पोषण सामग्री वितरण गरेका हुन् । वडाभित्रका सुत्केरी महिलाहरुको पोषणमा सुधार ल्याउने उद्देश्यले आफ्नो व्यक्तिगत खर्चबाट पोषण सामग्री उपलब्ध गराएको अध्यक्ष तिमल्सिनाले बताए। साउन १ गतेबाट २०८१ असार मसान्तसम्मका लागि आफुले वडाभित्रका सुत्केरी महिलाहरुलाई पोषण सामग्री वितरण गरिने उनले बताए । उनले जनतालाई समस्या परेको वेला आफुले केही भएपनि राहत होस् भनेर आफ्नो तलबभत्ताबाट पोषण सामग्री वितरण गर्न सुरु गरेको बताए । सुत्केरी भएका हरेक महिलाहरुलाई लोकल कुखुरा, तोरीको तेल, विभिन्न मसलाहरु र साबुन वितरण गरिने उनले बताए । साउन १ गते अध्यक्ष तिमल्सिनाले जारी गरेको सुचनामा सुत्केरी भएको १५ दिनभित्र सम्बन्धित परिवारको सदस्यले वडामा उपस्थित भएर स्वास्थ्य संस्थामा सुत्केरी गराएको प्रमाणपत्र ल्याउन भनिएको थियो । यस्तै बच्चाको जन्मदर्ता पनि गराउनुपर्ने जनाएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क