इन्फो नेपाल — सञ्चारको सञ्जाल

व्यक्तिगत खर्चमा सुत्केरीलाई पोषण खुवाउदै वडाध्यक्ष तिमल्सिना

मकवानपुर: सुत्केरी अवस्थामा पोसिलो खानेकुरा खुवाउनु पर्छ भन्ने सन्देश दिन बागमतीमा लोकल कुखुरा, तोरीको तेल, विभिन्न मसलाहरू र साबुन उपहार प्रदान गरिएको छ । बागमती गाउँपालिका वडा नं. ८ का अध्यक्ष इन्द्रमणी तिमल्सिनाले आफ्नै खर्चमा वडा भित्रका सुत्केरीलाई पौष्टिक आहार सहयोग गर्दै आएका छन् । सोमवार पनि अध्यक्ष तिमल्सिनाले शान्तिपुरकि सुमिता घलानलाई पोसिलो खानेकुरा वितरण गरेका छन् । हालसम्म वडा भित्रका ६ जना आमा (सुत्केरी)लाई अध्यक्षले आफ्नै खर्चमा पौष्टिक आहार सहयोग गरेका छन् । वडाभित्रका सुत्केरी महिलाहरूको पोषणमा सुधार ल्याउने उद्देश्यले आफ्नो व्यक्तिगत खर्चबाट पोषण सामग्री उपलब्ध गराएको र साउन १ गतेबाट २०८१ असार मसान्तसम्मका लागि आफूले वडाभित्रका सुत्केरी महिलाहरूलाई पोषण सामग्री वितरण गर्ने बताएका छन्  । उनले जनतालाई समस्या परेको वेला आफूले केही भएपनि राहत होस् भनेर आफ्नो तलबभत्ताबाट पोषण सामग्री वितरण गर्न सुरु गरेको बताएका छन् । विपन्न समूहका घर परिवारमा सुत्केरी अवस्थामा स्याहार सुसार कम हुने र बालबालिकाको भविष्य र आमाको स्वास्थ्य प्रति गरिने खर्च नभई लगानीको रूपमा लुनुपर्ने पनि अध्यक्ष तिमल्सिनाले बताए । त्यस्तै, यो एकदमै राम्रो अभियान भएको र यसलाई अध्यक्षले निरन्तरता दिई राख्नु पर्ने स्थानीय बताउछन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क