इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘व्यक्ति होइन, संस्थागत निर्णय मान्छ एमाले’

हेटौँडा | बागमती प्रदेश सरकारको विषयमा नेकपा (एमाले) ले संस्थागत निर्णयलाई आधार मानेर अघि बढ्ने जनाएको छ। कांग्रेस संसदीय दलको निर्वाचनबाट अनुमोदित भएका व्यक्तिलाई संस्थागत रूपमा स्वीकार गर्ने निर्णय एमाले संसदीय दलले गरेको प्रमुख सचेतक मधुसुदन पौडेलले जानकारी दिए।

उनका अनुसार एमालेले व्यक्तिसँग सरोकार नराखी साझेदारीमा सरकारमा गएको हो। “संसदीय दलको नेतामै मुख्यमन्त्री हुने भएकाले इन्द्र हुन् वा बहादुर, एमालेलाई फरक पर्दैन,” पौडेलले स्पष्ट पारे।

तर मन्त्रिपरिषद् विस्तारमा भने एमाले सहमत छैन। प्रमुख सचेतक पौडेलका अनुसार मुख्यमन्त्री बहादुरसिंह लामाले आफूअनुकूल निर्णय गर्न खोजे पनि एमालेको समर्थन बिना मन्त्रिपरिषद् विस्तार सम्भव छैन। बुधबार नै तयारी भए पनि एमाले संसदीय दलले असहमति जनाएपछि अन्तिम समयमा रोकिएको र विहीबार तोकिएको मन्त्रीहरूको शपथग्रहणसमेत हुन नसक्ने अवस्था रहेको उनले बताए।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क